कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण

    • स्वास्थ्य पेज

  • २२ माघ २०७९, आईतवार

नेपालगन्ज: कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको छ । काठमाडौं र सुर्खेतका चिकित्सकहरूको टोलीले २२ वर्षीय एक युवामा मिर्गौलाको प्रत्यारोपण गरेको हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्यक्रम अन्तर्गत प्रदेश अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको थियो । प्रत्यारोपण केन्द्रका डाक्टर पुकार चन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोलीले बर्दघाट नगरपालिका–४, नवलपरासीका २२ वर्षीय युवाको मिर्गौला सफल प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिनुभयो ।

पछिल्लो समय अस्पतालमा मिर्गौलाका बिरामी बढ्न थालेको भए पनि जटिल अवस्थाका बिरामी कम आउने गरेको निर्देशक खड्काले बताउनु भयो। आइतबार सेवा विस्तारसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खड्काले भन्नुभयो, ‘विरामीको संख्या बढ्दो छ, तर आवश्यक जनशक्ति अभाव हुँदा एक महिनामा एक जना बिरामीको मात्रै मिर्गौला प्रत्यारोपण गरिनेछ ।’

पछिल्लो समय अस्पतालमा मिर्गौलाका बिरामी बढ्न थालेको भए पनि जटिल अवस्थाका बिरामी कम आउने गरेको निर्देशक खड्काले बताउनु भयो । आइतबार सेवा विस्तारसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खड्काले भन्नुभयो- ‘विरामीको संख्या बढ्दो छ, तर आवश्यक जनशक्ति अभाव हुँदा एक महिनामा एक जना बिरामीको मात्रै मिर्गौला प्रत्यारोपण गरिनेछ ।’

अनुमति पाएको ३ महिनाभित्र मिर्गौला प्रत्यारोपण सुरु गरेको प्रदेश अस्पतालले सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ । मिर्गौला प्रत्यारोपण गर्नु परे काठमाडौं नै जानुपर्ने बाध्यताबाट अब कर्णालीका नागरिक मुक्त हुने निर्देशक खड्काको विश्वास छ ।

अब सुर्खेतमा नियमित मिर्गौला प्रत्यारोपण गराउने खड्काले जानकारी दिनुभयो । ‘हामीले एउटा ऐतिहासिक कामको सुरुवात गरेका छौं । अब यस क्षेत्रका नागरिकका लागि विशिष्ठ चिकित्सा सेवा थपिएको छ,’ निर्देशक खड्काले भन्नुभयो, ‘प्रत्यारोपण सफल पार्न चिकित्सकहरू धन्यवादका पात्र छन् ।’

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech