रुबेला रोग, गर्भवतीलाई पार्ने असर र रोकथामका उपायहरु

    • नरेशवावु श्रेष्ठ/जनस्वास्थ्यकर्मी

  • २२ माघ २०७९, आईतवार

परिचय
रुबेलालाई जर्मन मिजल्स पनि भनिन्छ । भाइरस शरिरमागएको छोटो समयमै शरीरमा देखिने रोग हो । जसमा दादुरा भन्दा ज्वरो कम हुन्छ र छालामा रातो बिबिराहरु आउँछन । बिरामीमा १ पटक यसको संक्रमण भएमा प्राय फेरी यो रोग लाग्दैन । हाल नेपालमा यो रोग नियन्त्रणको अवस्थामा छ ।

नेपालमा २०१९ मा रुबेलाको रोगदर (Incidence Rate) १.०४ प्रति दस लाख जनामा देखियो । २०७६ जेठ २० तदनुसार २०१९ जुन ३ सम्म देखि यो रोग नियन्त्रणमा आएको मानिएको छ । तर बाँके र बर्दियामा यो रोग देखिएको छ । २०२२ को नोभेम्बर महिना यता नेपालगन्जमा एक र बर्दियामा दुई जना रुवेलाका विरामी देखिएका छन् । रुवेलाको जोखिम बढेसँगै सतर्कता अपनाउनु पर्ने अवस्था देखिएको छ ।

कारक जीबः रुवेला भाइरस
रोग सर्न सक्ने अवधिः १२ देखि २३ दिन सम्म हुन्छ । औसतमा १८ दिन सम्म (२ देखि ३ हप्ता) हुनसक्छ । यो रोग बालबालिका र वयस्कमा पनि देखिन्छ

बिरामीले अरुलाई रोग सार्ने समयः बिरामीमा रोगको लक्षण देखिनु भन्दा १ हप्ता अगाडि देखि शरिरमा बिबिरा देखिएको १ हप्ता पछि सम्म अरुलाई रोग सार्दछ ।

सर्ने माध्यमः
१) खोक्दावा हाच्छ्यूँगर्दाको छिटाबाट (श्वासप्रश्वास) को माध्यम बाट अर्को निरोगीब्यक्तीमा रोग सर्दछ ।
२) यदिगर्भबति अवस्थामाआमालाई रुबेला भाइरसको संक्रमण भएमा सालको माध्यमबाट भाइरस गर्भको बच्चामा पुगेर जन्मने बच्चामा रुबेलाको कारणबाट जन्मजात बिकृतिहरु देखा पर्दछन जसलाई हामी सि.आर.एस. भन्दछौ यो जन्मने बच्चाहरुको लागी खतराजनक अवस्था हो ।

चिन्ह र लक्षणहरू
हल्का ज्वरो आउँछ । आँखा रातो हुने वा आँसु बग्ने हुन्छ । (दादुरामाजति धेरै ज्वरो नआउने र विमिरा दादुरामा भन्दा अलि ठूलो हुने )

दादुराको बिबिरा कानको पछाडिबाट आउन सुरु भई मुख हुँदै शरिरको तल्लो भाग तिर फैलिदै जान्छ भने यसको बिबिराहरु मुखबाट देखिन सुरु भई शरिरको तल्लो भागतिर फैलिदै जान्छ ।

कन्जेनाइटल रुबेला सिन्ड्रोम

१) गर्भरहेको ६ हप्ता देखि १२ हप्ताको समय भित्र आमामा रुबेलाको संक्रमण भएमा जन्मने बच्चामा बहिरो हुने, मोतिबिन्दु, जलबिन्दु, मानसिक समस्या, मुटु सम्वन्धी समस्या लगायत गर्भपतन हुने वा मृत्यु हुने सम्भावना बढि हुन्छ ।
२) गर्भ रहेको ४ महिना पछिको समयमा आमामा रुबेलाको संक्रमण भएमा प्राय गरेर १० प्रतिशत बच्चाहरुमा बहिरो हुने लगयत जन्मजात बिकृति हुने सम्भावना हुन्छ ।

३) महिला गर्भवति भएको पहिलो ४ महिनाभित्र रुवेलाबाट संक्रमण भएमा हुने अवस्था कन्जेनाइटल रुबेला सिन्ड्रोम प्रति १००० जनाजिवित जन्ममा ०.१ देखि ०.२ मा देखिन सक्छ, जुन माहामारीको बेला ४ प्रति १००० जना जिवितजन्म सम्म पुग्छ ।

गर्भावस्थामा संक्रमण भए सि.आर.एस.माहुने जन्मजात विकृतिहरु 
-गर्भपतनहुने वा मृत शिशु जन्मिने (Abortion or Still Birth)
-कानमाहुने विकृति (बहिरोपना) Sensorineural deafness
-आँखामाहुने विकृति (अन्धोपना) (Cataract, Glaucoma, pigmentary retinopathy and microphthalmia etc)

-मुटुमा हुने विकृति (patent ductus arteriosus, ventricular septal defect, pulmonic stenosis, pulmonary artery stenosis and coarctation of the aorta)
-मस्तिष्कमा हुने विकृतिः पूर्ण रुपले वृद्धि नभई सानो हुने, मानसिक मन्दता हुने (microcephaly and mental retardation)
-कलेजो र फियोमा असर (hepatitis & splenomegaly)आदि ।

रुबेला रोग लागेमा हुने जटिलताहरू
-हाड जोर्नीहरू सुन्निने (Arthritis, Arthralgia)
-रक्तश्राव हुने  (Thrombocyte penicpurpura)
-मस्तिष्कमा कडा खालको सुजन हुने (Encephalitis)
-जटिलताको कारण मुत्यु पनिहुन सक्ने ।

बालबालिकाहरुमा रुबेला रोग देखा परेमा गरिने उपचार तथा रोकथाम
१) रुबेला भाइरसको कारणबाट हुने रोग भएकोले यसको बिशेष उपचार छैन । यो अवस्थामा विरामीमा देखा परेको चिन्ह लक्षणका आधारमा उपचार गरिन्छ, ज्वरोका लागि सिटामोल, पोषिलो खाने कुरा खुवाउने, रोग पत्ता लागेको पहिलो र दोस्रो दिनगरि २ मात्रा भिटामिन ए क्याप्सुल खुवाउनु पर्दछ । एक जना बिरामीले १२ देखि १८ जना बालबालिकालाई सार्न सक्दछ त्यसैकारण बिरामीलाई अनिवार्य रुपमा अन्य बालबालिकासंगको सम्पर्कमा आउन नदिन आईसोलेसनमा राख्नुपर्दछ । बिरामीले मास्क प्रयोग गर्ने, हातधुने, ब्यक्तीगत सरसफाईमा ध्यान दिनुपर्दछ ।

२) बिरामीको संम्पर्कमा गर्भबति तथा गर्भ राख्ने योजना बनाएका महिलाहरु संम्पर्कमा आउन दिनु हुँदैन । गर्भरहेको अवस्थामा बिरामीको संपर्कमाआई आमालाई रुवेलाभाईरस सरेमा आमाबाट जन्मने बच्चामा कन्जेनाईटल रुबेला सिन्ड्रोम (सि.आ.एस.) हुने सम्भावना हुन्छ ।

३) बच्चाहरुलाई समयमानै दादुरा–रुबेला मिश्रित खोप २ मात्रा (९ महिना र १५ महिनामा) लगाएमा यो रोगबाट बचाउन सकिन्छ ।

४) हाम्रो देशमा दादुरा रुबेला बिरुद्धको मिश्रित खोप प्रयोगमा छ प्रत्येक ४ बर्षको फरकमा ५ बर्ष मुनिका बालबालकाहरुमा दादुरा –रुबेला बिरुद्धको खोप अभियानमार्फत यो खोप दिईन्छ ।

५) हाल दादुरा रुबेला देखा परेको बाँके जिल्लामा दादुरा –रुबेला बिरुद्धको मिश्रित खोप ६ महिना देखि १४ बर्ष सम्मका सबै बालबालिकाहरुमा यो खोप प्रदानगरिदै आएको छ ।

६) केहि देशहरुमा यो खोप बच्चा जन्माउने उमेर समुह १५ बर्ष देखि ४९ बर्ष उमेर समुहका सबै महिलाहरुमा रुबेला बिरुद्धको खोप प्रदान गर्ने गरेको पाईन्छ । गर्भबति अवस्थामा यो खोप लगाईदैन र रुबेला खोप लगाएको ३ महिना पछि मात्र गर्भ राख्ने योजना बनाउनु पर्दछ ।

७) केहि देशहरुमा यो खोप १ देखि १४ बर्ष उमेर समुहमा नियमित खोप जस्तै गरि यो खोप प्रदान गर्ने गरेको पाईन्छ ।

(श्रेष्ठ स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकल पर्सन हुनुहुन्छ)

  • २२ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech