बर्दियामा रुवेला भाइरस देखियो, गर्भवती उच्च जोखिममा

    • स्वास्थ्य पेज

  • २० माघ २०७९, शुक्रबार

नेपालगन्ज: बाँकेको सँग जोडिएको छिमेकी जिल्ला बर्दियामा रुवेला भाइरसको संक्रमण देखिएको छ ।

बढैयाताल गाउँपालिका वडा न• १ र २ मा रुवेला भाइरसको संक्रमण देखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

वडा न• १ कि १३ वर्षीया किशोरी र वडा न• २ का १ वर्षीय बालकमा रुवेला पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको गिरीले बताउनुभयो ।

बिरामीको लक्षण चिन्ह शंकास्पद देखिएपछि ७ वटा स्याम्पल परिक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो । त्यसमा २ जनामा दादुरा र २ जनामा रुवेला पुष्टि भएको हो ।

जिल्लाको बढैयाताल गाउँपालिका वडा • १ का ५ वर्षीय बालक र वडा न • ७ कि ३५ वर्षीया महिलामा दादुरा पुष्टि भएको हो । यस्तै नेपालगन्ज मेडिकल कलेजमा उपचाररत बारबर्दिया नगरपालिकास्थित औंरीका बालकमा पनि दादुरा देखिएको छ ।

श्वासप्रश्वासका माध्यमबाट तीब्र गतिमा फैलिने रुवेला पुष्टि भएसंगै गर्भवती महिला सबैभन्दा बढी जोखिममा परेका छन् । यो रोगले पेट भित्रको बच्चालाई गम्भीर असर गर्न सक्ने र बच्चा अपांगता हुने जोखिम उच्च हुने चिकित्सकहरु बताउँछन ।

 

  • २० माघ २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech