आफ्नै शरीरको हेरचाहमा किन हेलचेक्राई ?

    • प्रमोद (प्रिन्स) शाह/ स्वास्थ्यकर्मी

  • १९ माघ २०७९, बिहीबार

मैले एकजनालाई सोधे चुरोट,रक्सी, हुक्का, गाँजा किन खानुहुन्छ ? के फाइदा गर्छ?
उत्तर:- रमाइलो गर्न, यी कुरा खाँदा रमाइलो लाग्छ त्यी भएर ।
मेरो प्रश्नको उत्तर अहिले सम्म मलाई चित बुझेको छैन । आखिर रमाईलो के लाई भन्छ ? के जुन कुराले शरीरको रगत, कलेजो, फोक्सो, मृगौला, मुटु, आँखा, कान, नाक लगायत अन्य अङ्गलाई घात गर्छ । जीवनलाई घात गर्छ। मस्तिष्कलाई छिन्नभिन्न बनाउँछ । मस्तिष्कको शक्ति कमजोर पार्छ त्यो कुरा कसरी रमाइलो हुन सक्छ होला ?

रमाइलो भनेको मस्तिष्कको डोपामिन, अक्सिटोसिन, सेरोटोनिन, इण्डोर्फिन जस्ता केमिकल र हर्मोनहरुको प्रभावले मुड को अवस्थालाई खुसी, हाँसो, रमाइलो, सुख, शान्तिमा परिवर्तन गर्छ जसलाई रमाइलो भन्छ । जुन यी हर्मोनहरु दैनिक जीवनमा अनुशासित,ध्यानी, योग गर्ने खानपानमा संयममित व्यक्तिमा उच्च लेभलमा हुन्छ र सधैं व्यलेनस भइरहेको हुन्छ ।

तर आजकलको पुस्ताले यी हर्मोनहरुलाई अप्रत्यक्ष माध्यमबाट मस्तिष्कमा रिलिज गराएर खुसी, सुख अनुभूति गर्न लागू पदार्थ, खाने पदार्थको प्रयोग गरेर रमाइलो मान्ने गर्छन् जुन घातक हो ।

बरु यी माथिका खाने पदार्थहरुले यी केमिकलहरलाई घटाउ बढाउ मा भूमिका खेल्छ मुख्य रूपमा यी हार्मोनहरुलाई घटाएर छुटै प्रकारको अनुभूति दिन्छ र मुड लाई परिवर्तन गर्छ जसलाई मानिसले सुख, रमाइलोको संज्ञा दिन्छन्।

तर खासमा त्यो शारीरिक नकरात्मक प्रतिक्रिया हो जुन् दिनदिनै शरीरको अंग र मस्तिष्कलाई खराब बनाउँदै लागिरहेको हुन्छ म जन्मेको र थाहा पाए देखि मेरो परिवारमा ३ पुस्तादेखि अहिले सम्म कोही कसैले सुर्तीजन्य पदार्थ, अल्कोहल, सुपारी जन्य पदार्थ, लगायत अन्य कुनै लागू औषध प्रयोग गर्नुहुन्न मलाई गर्भ लाग्छ ।

मेरो बाबा आमा लगायत सबै परिवार प्रति कृतज्ञ छु की जुन संस्कार, अनुशासन, ज्ञान सिकाउनु भएको छ । ति ज्ञान संस्कारले कयौंको ज्यान बचाउन पुनः जीवन दान सहित जीवन जिउन प्रेरणा बन्न पाए । कुलत, र निराशापनबाट जोगाएर नयाँ जीवन सुरुवात गर्न जोश जाँगर जगाउन पाएको छु । त्यहीँ नै मेरो लागि ठूलो खुसी र उपलब्धि हो ।

एउटा सानो कथा प्रसङ्ग :- तपाईं संग एउटा सानो बाइक, कार वा गाडी छ । जसको मूल्य ३ लाख देखि ६० लाख सम्म पर्ने वस्तुको कति हेरचाह गरेर राख्नु हुन्छ ? सधैं समयमा सर्भिसिङ्ग, सफा सुग्घर गर्नुहुन्छ । पेट्रोल चाहिनेलाई पेट्रोल हालेर ,डिजेल चहिनेलाई डिजेल हालेर चलाउनुहुन्छ ।

धोकाले एक बोतल पानी हाल्यो भने चल्दैन बन्द भइदिन्छ । जब एउटा गाडीलाई चलाउन निश्चित कुरा चाइन्छ भने झन् अमूल्य पर्ने शरीरको कुनै हेरचाह छैन, गाडीको पार्ट पुर्जाको बनावट जस्तै मानिसको शरीरको भित्री अंगको बनावट त्यस्तै त्यस्तै छ शरीरलाई पनि निश्चित चीज चाहिन्छ मानव जीवन पाउनु नै ठूलो उपलब्धि हो मानव जीवन पाएकोमा भाग्यमानी ठान्नुपर्छ ।

विशेष गरेर युवा युवती लाई मेरो अनुरोध छ अहीलेको पुस्ता रमाइलोको नाममा जीन्दगी बर्बाद पारिरहेको छ । मानव जीवन पाएको ठूलो कुरा हो ठूलो कुरालाई ठूलो कार्य विश्व किर्तिमान देश र समाजको उपलब्धिको लागि खर्च गरौं l

रमाइलो ले एकछिनको लागि खुसी दिन्छ केही दिनको लागि नाम दिन्छ तर विश्व कीर्तिमान र समाजको लागि खर्चिनु भएको समय र शक्तिले जीवन रहुन्जेल र जीवन पछि पनि नाम अमर रहन्छ ।
(शाह आँबुखैरेनी गाउँपालिका, तनहुँमा स्वास्थ्य शाखा सहायक प्रमुखमा कार्यरत हुनुहुन्छ)

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech