आयुर्वेद अस्पतालले नेपालगन्जमा गरेको स्वास्थ्य शिविरमा ४५० जनाले स्वास्थ्य परिक्षण गराए

    • स्वास्थ्य पेज

  • १३ माघ २०७९, शुक्रबार

नेपालगन्ज: नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ । शिविरमा आम नागरिकहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले अस्पतालको उद्घाटनको अवसर पारेर दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

अस्पताल परिसर नेपालगन्ज उप–महानगरपालिका वडा वडा नम्बर–१० आर्दश नगरमा भएको शिविरमा ४ सय ५० जनाले शिविरमा परिक्षणका लागि आफनो नाम दर्ता गराएका थिए । त्यसमा ३ सय २६ जनाले स्वास्थ्य परिक्षण गरेका छन् ।

बिहिबार र शुक्रबार गरी दुई दिन चलेको शिविरमा विशेष छुटमा ३ जना पाईल्स र १ जना फिस्टुलाको बिरामीको सफल रुपमा शल्यक्रिया समेत गरिएको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्रशासन प्रमुख प्रिन्सी मिश्रले बताउनु भयो ।

यसैगरी गौरव स्मृति र ‘बियोर्ससेल्फ फाउण्डेशन’ सँगको सहकार्यमा शिविरमा आखाँ परिक्षणको सेवा पनि उपलब्ध गराईएको थियो ।
शुक्रबार डा. मदन भण्डारी, डा. मनोज कुमार यादव, सहायक सन्जिव कुमार थारु र सम्झनाको टिमले पाइल्स र फिस्टुलाको शल्यक्रिया गरेको थियो ।

स्वास्थ्य शिविरमा परिक्षण गराउन आएका बिरामीलाई निशुल्क औषधी वितरण गर्दै ल्याब परिक्षण र शल्यक्रियामा विशेष छुटको व्यवस्था गरिएको थियो ।

अस्पतालले शिविरमा उपचार गराएकाहरुको एक महिना पछि पुनः निःशुल्क रुपमा स्वास्थ्य परिक्षणको व्यवस्था गरेको छ ।

१५शैयाको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल नेपालमा निजि क्षेत्रबाट खुलेको पहिलो अस्पताल हो । दुई दिने शिविरमा आउने बिरामीको संख्याले नेपालगन्जमा आयुर्वेद अस्पतालको महत्वलाई देखाएको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष मैकुलाल वाल्मिकीले बताउनु भयो ।

अस्पतालले आगामी दिनमा पनि नियमित रुपमा ग्रामिण क्षेत्रमा गएर स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी गरेको वाल्मिकीले बताए । यसले पश्चिम नेपालमा आयुर्वेद अस्पतालले गरिब, निम्न वर्गको जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ठुलो सहयोग गर्ने उहाँको भनाइ छ ।

नेपालगन्ज आयुर्वेद अस्पताल दक्ष जनशंक्ति र उच्च प्रविधिलाई भित्राएर खुलेको अस्पताल हो ।

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech