सुर्खेतमा सवारी दुर्घटना: तीन जना स्वास्थ्यकर्मीको निधन

    • स्वास्थ्य पेज

  • ८ माघ २०७९, आईतवार

नेपालगन्ज: सुर्खेतको वीरेन्द्रनगर–११ झुप्राखोला नजिक रत्न राजमार्गमा डबल क्याप हाइलेक्स गाडी दुर्घटना भएको छ। दुर्घटनामा परी तीन जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा प्र ०१०२६ च ९२१३ नम्बरको उक्त गाडी आइतबार बिहान २ः३० बजे अनियन्त्रित भई सडकदेखि ७०/८० मिटर तल खसेको प्रहरीले जनाएको छ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको र उपचारका क्रममा चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दैलेख  डुङ्गेश्वर गा.पा.–५ बस्ने वर्ष ३३ का दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका– ५ बस्ने वर्ष ३१ का बबिन शाही र दैलेख गुराँस गापा–३ बस्ने वर्ष ३६ का राजेन्द्र बीसीको उपचारका क्रममा निधन भएको प्रहरीको भनाइ छ। उहाँहरु सबै स्वास्थ्यकर्मी हुनुहुन्छ।

दिपेन्द्र दैलेख डुंगेश्व गाउँपालिका स्वास्थ्य शाखामा, बबिन भगवतीमा गाउँपालिका स्वास्थ्य शाखामा, राजेन्द्र गुँरास गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत रहनु भएको थियो ।अर्का २७ वर्षीय सागर शाहीको पनि मृत्यु भएको छ । सागर भने सवारी चालक हुनुहुन्छ ।

त्यसैगरी, दैलेख भैरवी गापा– ५ बस्ने वर्ष २६ का वीरेन्द्रराज शाहीको छातीमा गम्भीर चोट लागेको हुँदा उपचार भइरहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

  • ८ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech