स्वास्थ्य मन्त्री पदम गिरीसहितकाे टाेली नेपालगन्ज आउँदै

    • स्वास्थ्य पेज

  • ७ माघ २०७९, शनिबार

नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसहितकाे टाेली दादुरा प्रकोप प्रभावित क्षेत्र बाँकेमा आउने भएको छ ।

मन्त्री गिरीसहित स्वास्थ्य सचिव डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण श्रेष्ठ, मन्त्रालयको नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलकाे टोली नेपालगन्ज उपमहानगरपालिका र त्यस आसपास फैलिएको दादुरा महामारी क्षेत्रकाे अवलाेकनका लागि आज बाँके आउन लागेको हो ।

टोली भोलि प्रभावित क्षेत्रमै पुगेर महामारी बारे जानकारी लिनेछ । स्वास्थ्यमन्त्री गिरी नेतृत्वको टोलीले भोलि भेरी अस्पतालको निरीक्षण पनि गर्ने बताइएको छ।

गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमणबाट २४६ जना बालबालिका संक्रमित भइसकेका छन् भने १ जनाकाे मृत्यु समेत भइसकेको छ। गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमण पछिल्लो समय, खजुरा, नरैनापुर,कोहलपुरसम्म पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

साउन १२ गतेदेखि फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न हाल महामारीलक्षित खोप कार्यक्रम तीव्र पारिएको समेत जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

समुदायस्तरमा दादुरा फैलिएपछि पुस २२ गतेदेखि दादुरा-रूबेलाविरूद्धको खोप अभियान शुरू गरिएको छ। हाल नेपालगन्ज, खजुरा, कोहलपुर र नरैनापुरमा खोप केन्द्र बनाइ ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरूलाई तीव्र रूपमा खोप लगाउने काम भैरहेको छ।

पौष २२ गतेबाट ६ महिना देखि १५ बर्ष मुनिका ४२,९७८ बालबालिकाहरूलाई दादुरा विरुद्धको खोप अभियान शुरू गरिएको छ । खाेप अभियान अन्तर्गत माघ ५ गते सम्ममा ४३, २४६ जनालाई खोप प्रदान गरिएकाे रोगको स्वास्थ मन्त्रालयले जनाएकाे छ ।

  • ७ माघ २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech