बाँकेमा हालसम्म २४६ जना बालबालिकामा दादुरा

बाँकेको चार वटा पालिकामा खोप अभियान सञ्चालन


    • स्वास्थ्य पेज

  • ७ माघ २०७९, शनिबार

नेपालगन्ज: दादुरा प्रभावित बाँके जिल्लाको चार वटा पालिकामा आज पनि खोप अभियान सञ्चालन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकाको १३ वटा वडामा खोप अभियान चलिरहेको छ। १३ वटा वडामा गरी २० वटा खोप केन्द्र सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालगन्जको ४ वटा वडामा ४ खोप केन्द्र, खजुराको २ वटा वडामा २, नरैनापुराको ६ वडा वडामा ११ र डुडुवाको एउटा वडामा ३ वटा खोप केन्द्र सञ्चालन भइरहेको छ।

बाँकेको हालसम्म २६ वटा वडाहरु दादुराबाट प्रभावित भएका छन्। सबैभन्दा बढी १७ वटा वडा नेपालगन्जको प्रभावित छन्। खजुराको ४, नरैनापुरको १, डुडुवाको १ र कोहलपुरको ३ वटा वडामा दादुरा फैलिएको छ।

हालसम्म नेपालगन्जमा २ सय, खजुरामा १८, नरैनापुरमा १५, डुडुवामा ८ र कोहलपुरमा ५ गरी २४६ जनामा दादुरा देखिएको कार्यालयले जनाएको छ।

बाँके जिल्लामा हालसम्म ६८ हजार २२१ जनाले दादुरा विरुद्धको खोप पाएका छन् भने ४८ हजार ८२२ जनालाई खोप लगाउन बाँकी छ।

 

  • ७ माघ २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech