राष्ट्रिय योग दिवसका अवसरमा नेपालगन्जमा सामुहिक योगाभ्यास

    • स्वास्थ्य पेज

  • १ माघ २०७९, आईतवार

नेपालगन्ज: आइतवार आठौं राष्ट्रिय योग दिवस नेपालगञ्जमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसवर्ष स्वस्थ जिवनको चाहना योग शिक्षा र साधना भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।

योग समिति नेपालको केन्द्रिय कार्यालयबाट आज बिहान निस्केको र्याली सेतु विक चोक न्युरोड, त्रिभुवन चोक, चारवाहिनी हुँदै नेपालगञ्ज उपमहानगरपालिका पुगेर योगाभ्यास गरिएको थियो । र्यालीमा योगगुरु, योग प्रशिक्षकलगायत योग प्रेमिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

योगगुरु गिरीराज भट्टराइको सभापतित्वमा कार्यक्रम गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा योग समिति नेपालका सल्लाहकार विश्वजित तिवारी, नन्दलाल वैश्य, डा रोमा वोहरा, डा दिनेश चौधरी लगायतको उपस्थिती रहेको थियो ।

योग समिति नेपालकी सचिव निर्मला शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले योग मानव स्वास्थ्यका लागि शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएको हुँदा सबैले योग गर्ने जरुरी रहेको बताउनु भयो ।

उहाँले केहि वर्ष पछि नेपालगञ्ज नगरलाई योगमय बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले योग समिति नेपालले बिभिन्न वडामा सचेतना फैलाएर योगाभ्यास गरिरहेकोले नेपालगञ्ज उपमहानगरपालिका अब योगीहरुको सहर भनेर पनि चिन्न धेरै समय नलाग्ने बताउनु भयो ।

यस्तै योग समिति नेपालका सल्लाहाकार नन्दलाल वैश्यले योग एउटा यस्तो अभ्यास हो जोकसैलाई दिन पनि नमिल्ने र कसैबाट लिन पनि नमिल्ने भएको हुँदा आफुले गरे मात्र आफनो शरीरलाई फाइदा हुने बताउनु भयो ।

पछिल्लो समयमा योगतर्फ मानिसहरु आकर्षित भइरहेको योग गुरु गिरीराज भट्टराइले बताउनु भयो । योग समिति नेपालका सदस्य झबि शर्माले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

  • १ माघ २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech