नेपालगन्ज: नेपालगन्जमा दादुरा संक्रमित १०७ जना विरामी निको भएका छन् । पुस १२ गतेदेखि फैलिएको दादुरा प्रकोपका कारण नेपालगञ्जमा मात्रै हालसम्म १५६ जना बालबालिका प्रभावित भएकोमा ४८ जना होम आइसोलेसनमा रहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनु भयो।