बेलभार स्वास्थ्य चौकीमा गर्भवतीलाई लक्षित गरि भिडियो एक्सरे सेवा शुरु

    • स्वास्थ्य पेज

  • २९ पुष २०७९, शुक्रबार

नेपालगन्ज: बाँकेको जानकी गाउँपालिकाको वडा नम्बर २ स्थित बेलभार स्वास्थ्य चौकीमा गर्भवतीहरुको लागि भिडियो एक्सरे सेवा शुरु भएको छ ।

वडा नम्बर २ का गर्भवती महिलाहरुले आफ्नै गाउँठाउँमा भिडियो एक्सरे गर्न पाउने भएका छन् । गाउँपालिका अध्यक्ष छब्बन खाँले भिडियो एक्सरे सेवाको शुभारम्भ गर्दे भिडियो एक्सरेका लागि गर्भवती महिलाहरुको नेपालगन्ज जानुपर्ने बाध्यता अब हटेको बताएका छन।

गाउँघरमै भिडियो एक्सरे सेवा शुरु हुँदा यहाँका गर्भवती महिलाहरुलाई सजिलो हुने भएको र वडा नम्बर १ मा मात्र यो सेवा रहेको अब २ नम्बरमा पनि शुरु भएकोले स्थानीय सरकारको अनुभूति अब स्थानीयले गर्नेमा आफु विश्वस्त रहेको समेत गाउँपालिका अध्यक्ष खाँले बताउनु भयो ।

वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले जनताको माग र आवश्यकता अनुसार भिडियो एक्सरे सेवा शुभारम्भ गरिएको बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले गर्भवती महिलाहरुको सहज सेवाका लागि भिडियो एक्सरे सेवा शुरु गरिएको बताउनुभयो ।

अघिल्लो स्थानीय सरकारको पालामा वडा नम्बर १ मा र अहिले वडा नम्बर २ मा यो सेवा शुरु भएको उहाँको भनाइ छ। मातृ मृत्युदर बढिरहेको अवस्थामा स्थानीयहरुको आनीबानी र आर्थिक अवस्थाले नेपालगञ्जमा नजाने स्थिति रहँदै आएकोमा अब गर्भवती महिलाले सहजरुपमा सेवा लिएर लाभान्वित हुने रानाले बताउनु भयो ।

प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत तालिम केन्द्रबाट उपलब्ध ९ लाख मूल्य बराबरको भिडियो एक्सरे जडान गरिएको समेत स्वास्थ्य शाखा प्रमुख रानाको भनाइ छ ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech