शाही डेन्टल क्लिनिकद्धारा दन्त स्वास्थ्य शिविरको आयोजना

    • स्वास्थ्य पेज

  • २७ पुष २०७९, बुधबार

नेपालगन्जः शाही डेन्टल क्लिनिक नेपालगन्जले आगामी आइतवारदेखि एक हप्ते दन्त स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

क्लिनिक म्यानेजर करिष्मा शाहीका अनुसार सुर्खेतरोड स्थित क्लिनिकमै दन्त स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

उक्त शिविरमा निःशुल्क दन्त चेकजाँच, एक्स रे तथा दाँत निकाल्ने सेवा पनि निःशुल्क हुनेछ । अन्य सेवामा पनि ५० प्रतिशत छुटको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

दन्त स्वास्थ्य बारे सचेतना फैलाउने र दन्त उपचार सेवालाई सहज र सरल बनाउन शिविर आयोजना गरिएको शाहीले बताउनुभयो ।

  • २७ पुष २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech