पुरैनीमा पाठेघरको मुखको क्यान्सर परिक्षण

    • स्वास्थ्य पेज

  • २४ पुष २०७९, आईतवार

नेपालगन्ज: लायन्सका संस्थापक मेल्बिन जोन्सको १ सय ४४ औ जन्मोत्सवको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ पुरैनीमा पाठेघरको मुखको क्यान्सर परिक्षण गरि सुभारम्भ गरिएको छ ।

साप्ताहिक कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ नेपालगन्ज भेरीले आयोजना गरेको परिक्षणमा पुरैनीका ७६ जना महिलाले सेवा लिनु भएको हो । साप्ताहिक कार्यक्रमको शुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथी बाँके प्रदेश सभा सदस्य माननीय कृष्ण केसी नमुनाले ग्रामिण भेगका महिलाहरुको स्वास्थ्यलाई मध्येनगर गरेर आयोजना गरिएको कार्यक्रमको शुरुवात एकमदै सरहानीय भएको बताउनुभयो ।

जनचेतनाको अभाव र स्वास्थ्यमा देखिएका समस्यालाई लुकाएर राख्ने बाध्यताका कारणले गर्दा कतिपय महिलाहरुको ज्यान जोखिमा पर्ने गरेको परिस्थितीलाई सम्बोधन गरेकोमा लायन्स क्लबलाई धन्यवाद दिनुभयो । उहाँले महिलाहरुको जटिल स्वास्थ्य समस्याका विषयमा स्वयम आफू सचेत हुनुपर्ने र जागरुक हुनुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी पूर्व गर्भनर लायन शेम शाक्यले महिलाहरुले आफूभित्रको समस्या लुकाएर राख्ने प्रवृतीका कारण समयमा उपचार नहुने र अनेकौ स्वास्थ्य समस्याको सामना गर्नु परेको हुँदा सम्पूर्ण महिलाहरुले यो अवसरको सद्उपयोग गर्दै खुलेर आफ्ना समस्या राख्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै वडा नं. २२ का वडा अध्यक्ष अब्दुल गफार हलवाईले लायन्स क्लबले महिलाहरुको एकदमै जटिल समस्यालाई सम्बोधन गर्दै आफ्नो वडामा कार्यक्रमको आयोजना गरेकोमा आभार व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष मेल्बिन जोन्स डे सेलिब्रेसनका संयोजक लायन साबित्रा बस्नेतले वडाका सम्पूर्ण महिलाहरुले पाठेघरको मुखको क्यान्सर परिक्षणमा सहभागी भएर समयमा नै आफूभित्रको रोग पत्ता लगाएर उपचार गर्न अग्रसर हुन अनुरोध गर्नुभयो ।

लायन्स क्लब आफ भेरीका अध्यक्ष सुषमा सुवेदीले स्वागत गरेको कार्यक्रममा पूर्व गर्भनर लायन मधुसुदन शर्मा, एक्ज्युटिभ चिफ लायन शशी स्वाँर, डिस्टिक्ट को चिफ लायन सरिता शाक्य, लायन साबित्रा शर्मा, डिस्टिक्ट एडभाईजर लायन उमा थापामगरलगायतको उपस्थित रहेको थियो ।

पाठेघरको मुखको क्यन्सरको परिक्षण डा फरहद बानो र डा नम्रता भटटराईले गर्नुभएको थियो भने चेकजाँचको क्रममा कतिपय महिलाहरुको पाठेघरमा ट्युमरको केस देखिएको हुँदा थप उपचारकोलागि सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रिफर समेत गरिएको छ ।

त्यसैगरी सोही अवसरमा लायन्स क्लब अफ नेपालगनज पिएनएलफले मानव सेवा आश्रमका ५० जनालाई ज्याकेट (न्यानो लुगा) वितरण गरेको छ भने लायन्स कल्ब अफ नेपालगन्ज, सिनर्जी, रोल्पा र न्युरोडले संयुक्त रुपमा बैजनाथ गाउपालिका ७ पेडारीका १३ जना अपांगता भएका बालबालिका र भवानी मावि बढैयाताल सिमरा ३ का ३५ जना बौद्धिक अपांगता भएकाहरुलाई न्यानो लुगा वितरण गरेको छ र लायन्स क्लब आफ नेपालगन्ज वाटरपार्कले कारकाँदोमा रहेको सुस्त मनस्थित भएकाहरु २५ जनालाई ट्रयाक सुट वितरण गरेको छ ।

  • २४ पुष २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech