म्याग्लुमी एक्स सिरिज क्लिया नेपालगन्जमा लन्चिङ

    • स्वास्थ्य पेज

  • २३ पुष २०७९, शनिबार

नेपालगन्जः म्याग्लुमी एक्स सिरिज क्लिया नेपालगन्जमा लन्चिङ गरिएको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रमकाबीच स्नाइब डायग्नोस्टिकद्धारा उत्पादित म्याग्लुमी एक्स ३ को लन्चिङ गरिएको हो ।

बिएसआर बायोटेक र स्नाईब डायग्नोस्टिकद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका कम्पनी सचिव श्याम कुमार शर्मा, भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा.राजन पाण्डे, भेरी अस्पतालका वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा.प्रकाश बहादुर थापा, नेपालगन्ज मेडिकल कलेजका क्लिनिकल ल्याब्रोटोरी हेड डा.प्रज्ञा घिमिरे र लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेडका सहायक निर्देशक डा.नितेश कुमार कनोडियाले संयुक्त रुपमा पर्दा हटाएर म्याग्लुमी एक्स सिरिज डिस्प्ले गर्नुभएको थियो ।

त्यसअघि कार्यक्रमको शुभारम्भ भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.बद्री चापागाई, बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुभाष पाण्डे, टीकापुर अस्पतालका मेसु डा.रिमकुमार राईले संयुक्तरुपमा पानसमा बत्ति बालेर गर्नुभएको थियो ।

कार्यक्रममा नेपालगन्ज मेडिकल कलेजका वायोक्यामेस्ट्री डिर्पाटमेन्टका एसिस्टेन्ट प्रोफेसर मुकेश कुमार श्रीवास्तवले NOVEL BIOMARKERS IN DIABETES MELLITUS र नेपालगन्ज मेडिकल कलेजका प्याथोलोजिष्ट डा.मिलन अधिकारीले TUMOR MARKERS AND THEIR SIGNIFICANCE बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

मेसिन डिस्प्ले तथा वोर्कसपमा बाँके, बर्दिया, सुर्खेत तथा टीकापुर क्षेत्रमा रहेका विभिन्न अस्पताल तथा विभिन्न प्रयोगशालाहरुमा कार्यरत चिकित्सक, प्रयोगशालाकर्मी लगायतको सहभागिता रहेको थियो । नेपालका लागि आधिकारीक डिष्ट्रीब्युटर बियसआर बायोटेकका डाइरेक्टर दिपेश भण्डारीले बियसआर बायोटेकको यात्रा र उद्येश्यबारे प्रष्ट पार्नुभएको थियो ।

साथै कार्यक्रममा चाईनाको सेन्जेनमा रहेको स्नाईब डायग्नोस्टिकका सेल्स कन्सल्टेन्ट कृष्ण नाथ महर्जन, प्रोडक्ट म्यानेजर अनुप शम्शेर बुढाथोकी, टेक्निकल कन्सल्टेन्ट युकेश श्रेष्ठको सहभागीता रहेको थियो । उहाँहरुले अन्तराष्ट्रिय बजारमा २७ वर्ष लामो ईतिहास बोकेको स्नाईब डायग्नोष्टिक र उसले उत्पादन गरेको म्याग्लोमी एक्स सिरिजका बारेमा जानकारी दिनुभएको थियो ।

म्याग्लुमी एक्स सिरिजबाट THYROID, VITAMIN D, VITAMIN B 12 साथै रेयर प्यारामिटरहरु ANA, ANTI CCP, TUMOR  MARKERS, TOURCH PROFILE हरुको जाँच गर्न सकिने स्नाईबका सेल्स कन्सल्टेन्ट कृष्णनाथ महर्जनले जानकारी दिनुभयो ।

यसअघि बिएसआर बायोटेक र स्नाईब डायग्नोस्टिकले भव्य कार्यक्रमका बिच काठमाडौं बिराटनगर र बुटवलमा म्याग्लुमी एक्स सिरिज लन्चिङ गरिसेकेको छ ।

 

 

  • २३ पुष २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech