दादुराका लक्षण, उपचार र बच्ने उपाय

    • डा.रोमा वोरा /वरिष्ठ बालरोग विशेषज्ञ

  • २२ पुष २०७९, शुक्रबार

नेपालगन्जः नेपालगन्जमा दादुराको महामारी फैलिएको छ । दादुरा अर्थात मिजल्स एक भाइरसको संक्रमणबाट लाग्ने अत्यन्तै संक्रामक रोग हो । संक्रमण भएको व्यक्तिबाट यो भाइरस तीब्र गतिमा सर्ने र फैलिने भएकाले यसले तत्काल महामारीको रुप लिने गर्छ ।

लक्षण
-ज्वरो आउने  ।

-सुख्खा खोकी लाग्ने ।

-सिँगान बग्ने ।

-आँखा रातो हुने ।

-ज्वरो आएको तीन चार दिन पछि अनुहार तथा शरीरका अन्य भागमा रातो दानाहरु आउने ।

कसरी सर्छ ?
-संक्रमित व्यक्तिबाट यो रोग अति नै सजिलोसँग फैलिन सक्छ ।

-रोगीले हाछ्युँ गर्दा, खोक्दा भाइरस सजिलो गरेर अरु व्यक्तिमा सजिलै फैलिन्छ ।

-हातले संक्रमित सतह छोएर नाक, आँखा, मुख छुँदा सजिलै सर्न सक्छ ।

उपचार र रोकथम
-यसको उपचार लक्षण अनुसार हुन्छ ।

– भिटामिन ए दिने ।

-संक्रमित व्यक्तिलाई अन्य व्यक्तिहरुसँग घुलमिल गर्न नदिने

-पोषणयुक्त खाने कुराहरु खाने ।

-पर्याप्त झोलिलो खाने कुरा खाने ।

-यसबाट जोगिने सबैभन्दा उत्तम उपाय खोप नै हो ।

(वरिष्ठ बालरोग विशेषज्ञ डा रोमा वोरा कान्ति आरोग्य अस्पताल नेपालगन्जमा कार्यरत हुनुहुन्छ ।)

  • २२ पुष २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech