गर्भवति भएको पाँच महिनामा किन भिडियो एक्स रे गर्ने ?

    • डा.कीर्तिपाल सुवेदी

  • २१ पुष २०७९, बिहीबार

नेपालगन्जः गर्भवति भएको १८ देखि २४ हप्ताको बिचमा बच्चाको अवस्था हेर्नका लागि विशेष प्रकारको एउटा भिडियो एक्स रे गरिन्छ । यसलाई एनोमेलि स्क्यान भनिन्छ । यो भन्दा पहिले गर्दा बच्चाको सम्पूर्ण अंगको पहिचान गर्न गाह्रो हुन्छ भने पछि गर्दा बच्चा कुक्रुक्क परेर बस्ने भएकाले पहिचान गर्न गाह्रो छ । त्यसैले यो समय महत्वपूर्ण र उपयोगी मानिन्छ ।

यतिबेला एक्रे गर्दा बच्चाको स्वास्थ स्थितिको बिस्तृत जानकारी पाइन्छ। यस बेला सम्म प्रायः सम्पूर्ण अङ्गहरु बनिसक्ने भएकाले कुनै अङ्गको विकास हुन नसकेको जटिल परिस्थिति भएमा यस बेला गरिने भिडियो एक्स रेबाट त्यसको पहिचान गर्न सकिन्छ।

बच्चाको टाउको, पेट र खुट्टाको नापको मद्दतले बच्चाको उमेर पत्ता लगाइन्छ र गर्भ विकास समयसापेक्ष भएको नभएको निचोड निकालिन्छ। त्यस्तै बच्चाको विभिन्न अङ्गको विस्तृत अध्ययन गरिन्छ। जसले गर्दा अपांगता भएका बच्चा जन्मिने वा जन्मजात हुने अपांगतालाई हामी रोक्न सक्छौं ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदी भेरी अस्पताल नेपालगन्जमा कार्यरत हुनुहुन्छ)

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech