दादुराबाट नेपालगन्जमा ३१ महिने शिशुको मृत्यु

    • स्वास्थ्य पेज

  • २० पुष २०७९, बुधबार

नेपालगन्जः नेपालगन्जमा दादुराबाट एक जना शिशुको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ का ३१ महिने शिशुको मृत्यु भएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो ।

ती शिशुलाई एक हप्ता अघि उच्च ज्वरोसँगै दादुरासँग मिल्दोजुल्दो अरु लक्षण समेत देखिएको थियो । आज उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमै शिशुको मृत्यु भएको हो । नेपालगन्ज वडा नं.५, ७ र ८ मा दादुराको महामारी फैलिएको छ । आजमात्रै यी वडामा ८ जनामा दादुरा देखिएको छ ।

दुई दिन अघि एकै परिवारका ४ जना बालबालिकामा दादुरा देखिएको थियो । आज मृत्यु भएका शिशुले दादुरा विरुद्धको खोप लगाएको वा नलगाएको बारेमा जानकारी लिने काम भइरहेको चन्दले बताउनुभयो ।

समुदायस्तरमा दादुरा फैलिएपछि दादुरा देखिएका बालबालिकालाई आइसोलेट गरेर उपचार गर्ने, वरपरका बालबालिकाको स्क्रिनिङ गर्ने र जनचेतना फैलाउने काम सुरु भएको पनि चन्दको भनाइ छ ।

  • २० पुष २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech