पाठेघरमा मासु पलाउने समस्या के हो? किन हुन्छ? उपचार के होला?

    • डा कीर्तिपाल सुवेदी

  • १९ पुष २०७९, मंगलवार

पाठेघरमा मासु पलाउने समस्या पनि महिलामा देखिने आम समस्यामध्ये एक हो। यो समस्यालाई चिकित्सकीय भाषामा फाइब्रोइड भनिन्छ। २५ देखि ५० वर्ष उमेर समूहका महिलाको शरीरमा आउने हर्मोनल परिवर्तनका कारण पाठेघरमा मासु पलाउँछ।  इस्ट्रोजोन हर्मोनले पाठेघरको कोषहरु विकास हुन्छ। तर कुनै बेला एकै ठाउँमा धेरै कोषहरु विकास भइदिन्छ। त्यसलाई नै पाठेघरमा मासु पलाएको भनिने हो।

पाठेघरमा मासु पलाउँदा धेरैमा लक्षण नदेखिन सक्छ। महिनावारी हुँदा धेरै पेट दुख्ने र धेरै रगत जाने, महिनावारीको बीच–बीचमा पनि रगत देखिनु यसका प्रमुख लक्षण हुन्। पाठेघरमा मासु पलाउँदैमा पाठेघर निकालेर फाल्नु पर्दैन। कुनै अवस्थामा पाठेघरमा ठूलो मासु पलाउँदा पनि लक्षण देखाउँदैन। उनीहरुको परीक्षण गरेपछि मात्र थाहा पाउन सकिन्छ। तर कहिलेकाहीँ सानो मासु पलाउँदा पनि लक्षण देखिन सक्छ। लक्षण देखिएको अवस्थामा उपचार नै गर्नुपर्ने हुन्छ।

मोटोपना भएका महिलामा इस्ट्रोजोन हर्मोन बढी हुन्छ। त्यसैले तौल बढी भएका महिला यसको जोखिममा पर्छन्। अस्वस्थकर जीवनशैली, मोटोपना भएका र महिनावारी रोक्ने औषधिको प्रयोगले हर्मोनल सन्तुलन बिगार्छ।

यसको उपचार भनेको धेरैजसो शल्यक्रिया नै हुन्छ। औषधि प्रभाव अलि कम देखिएको छ। भिडियो एक्सरे गरेर नै यो समस्या थाहा पाउन सकिन्छ। पेटमा छाम्दा गोला भएको जस्तो महसुस भए, महिनावारीको चक्रमा परिवर्तन आए, पेट अत्यधिक दुख्न थालेमा परीक्षण गराउनुपर्छ।

(प्रसूति तथा स्त्रीरोग विशेष डा कीर्तिपाल सुवेदी भेरी अस्पताल नेपालगन्जमा कार्यरत हुनुहुन्छ)

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech