अस्पतालमा बिरामीको लाइन १ महिनाभित्र नहटे जिम्मेवार पदाधिकारीलाई कारबाही हुन्छः प्रचण्ड

    • स्वास्थ्य पेज

  • १९ पुष २०७९, मंगलवार

नेपालगन्जः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राहीले सरकारी अस्पतालसहित सरकारी सेवा लिँदा लाइनमा लागेर सास्ती खेप्नुपर्ने अवस्था १ महिनाभित्र अन्त्य नभए जिम्मेवार पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिनुभएको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुसँगको छलफलपछि उनले सरकारी अस्पतालमा बिरामीको उपचार गर्दा लाइन लाग्नु पर्ने अवस्थाको १ महिनाभित्र अन्त्य नभए जिम्मेवार पदाधिकारीलाई कारबाही गरिने चेतावनी दिनुभयो ।

अब सरकार गठनको एक महिनाभित्र सरकारी अस्पतालमा बिरामीको उपचार,राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ दाहालले दिएको लिखित निर्देशनमा उल्लेख छ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउने सन्दर्भमा ३० बुँदे निर्देशन समेत दिनुभएको छ ।

  • १९ पुष २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech