नेपालगन्जमा आफ्नै भवनबाट अत्याधुनिक न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटल संचालनको तयारी

    • स्वास्थ्य पेज

  • १८ पुष २०७९, सोमबार

नेपालगन्ज: नेपालगन्जमा आफ्नै भवनबाट अत्याधुनिक न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटल संचालनको अन्तिम तयारीमा पुगेको छ । नेपालगन्ज जेलरोडमा न्यूरो सर्जन डा. जोशन न्यौपानेले उक्त हस्पिटल संचालनमा ल्याउन लाग्नु भएको हो । हाल सुर्खेत रोडमा न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी संचालन हुँदै आएको छ ।

‘न्यूरोका विरामीलाई लक्षित गरेर न्यूरो सेवालाई अझ प्रभावकारी र गुणस्तरीयता प्रदान गर्नका लागि अव आफ्नै अत्याधुनिक भवनबाट सेवा दिने तयारीमा छौं उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘अव २४ सैं घण्टा न्यूरोको सेवा उपलब्ध हुने छ ।’ करिव पाँच करोडको लागतमा बन्न लागेको अत्याधुनिक न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटल अत्याधुनिक हुने डा न्यौपानेको भनाइ छ ।

‘ट्रमा सम्वन्धि सम्पूर्ण विधाका उपचार हुने छ उहाँले हस्पिटलका थप विशेषता उल्लेख गर्दै भन्नुभयो–‘अत्याधुनिक मेसिन जडित प्रयोगशाला, एक्स रे, आईसीयू, अप्रेशन थ्रियटर, आफ्नै फार्मेसी हुनेछ ।’ न्यूरो समर्पित यो हस्पिटल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै अव्वल हुने डा न्यौपानेले बताउनुभयो ।

न्यूरो सेवाकै लागि विरामीहरु भारत तथा काठमाडौं जानु पर्ने बाध्यतालाई न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटलले रोक्दै आएको छ । ‘छिटोछरितो, गुणस्तरीय र प्रभावकारी सेवा दिने हो भने विरामीहरु भारत तथा काठमाडौं जानु पर्ने अवस्था आउँदैन उहाँले भन्नुभयो–‘त्यसैलाई मध्यनजर गरेर हामीले आफ्नै भवनबाट अत्याधुनिक न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटल संचालनमा ल्याउँदै छौं ।’

लामो नेपालगन्ज मेडिकल कलेजमा आवद्ध भएर हजारौं न्यूरोका विरामीलाई उपचार सेवा दिनु भएका डा न्यौपाने हाल भेरी अस्पतालमा आवद्ध हुनुहुन्छ । डा न्यौपानेले नेपालगन्जमा बसेर सेवा दिन थालेपछि जटिलखालका शल्यक्रिया भइरहेका छन् । जस्का कारण धेरैको ज्यान जोगिएको छ ।

भारतमा उपचार सम्भव नभएका विरामी समेत पछिल्लो समय डा न्यौपानेको सम्पर्कमा आएर उपचार गराउन थालेका छन् । जसका कारण एकातिर विरामीको खर्च जोगिएको छ भने अर्कोतर्फ विरामीहरुले पाउने अनावश्यक दुःख र सास्ती पनि कम भएको छ ।

  • १८ पुष २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech