रेबिजले महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १३ पुष २०७९, बुधबार

नेपालगन्जः गुल्मीमा रेबिज लागेर एक जनाको मृत्यु भएको छ । गुल्मीदरबार गाउँपालिका-६ की ४० वर्षीया रजुन शाहको रेबिजका कारण मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो ।

शाहलाई गत मंसिर ११ गते एक्कासी पछाडिबाट आएर कुकुरले हातमा टोकेको थियो । त्यसलगत्तै उहाँ रेबिजविरुद्धको भ्याक्सिन लगाउन अर्घाखाँचीको फेदीस्थित एक निजी मेडिकलमा जानु भएको थियो ।

तर त्यहाँ उहाँले कुकुरले टोकेकोमा लगाउनु पर्ने एन्टी रेबिज भ्याक्सीन नलगाएको पाइएको अर्यालले बताउनुभयो । उहाँनको स्वास्थ्यमा दिनप्रति दिन समस्या बढदै गएपछि पुस ६ गते तम्घासको एक स्वास्थ्य संस्थामा उपचार गराउन आउनुभएको थियो ।

त्यहाँ उहाँलाई रेबिज लागेको संकामा काठमाडौंको शुक्रराज ट्रपिकल सरुवा रोग केन्द्र टेकुमा रिफर गरिएको थियो । काठमाडौंमा उपचारको क्रममा उहाँलाई डाक्टरले रेबिज पूर्ण रुपमा शरीरमा फैलिएको पुष्टि गरेका थिए ।

  • १३ पुष २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech