नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भए: निवर्तमान स्वास्थ्यमन्त्री

    • स्वास्थ्य पेज

  • १२ पुष २०७९, मंगलवार

नेपालगन्जः निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताउनु भएको छ ।

आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै उहाँले आफ्नो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्धी भएको छ भन्नुभयो ।

उहाँले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको बताउनुभयो ।

“मेरो कार्यकालमा जे जति काम भएका छन् त्यसको श्रेय सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि जान्छ”, उहाँले भन्नुभयो “यसका लागि मन्त्रालयका कर्मचारीलाई धन्यावाद दिन्छु।”

  • १२ पुष २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech