चिकित्सक संघको निर्वाचन: उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

    • स्वास्थ्य पेज

  • १० पुष २०७९, आईतवार

नेपालगन्जः नेपाल चिकित्सक संघको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ। संघले गत सोमबार उम्मेदवारी दर्ताको समय तोकेको थियो।

जसअनुसार निर्वाचन समितिले आइतबार अन्तिम नामावली सार्वजनिक गरेको हो। संघको आगामी कार्यकालका लागि ७ जना भने निर्विरोध निर्वाचित भएका छन्।

संघको वरिष्ठ उपाध्यक्ष, तीन जना प्रदेश उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सहसचिवहरु निर्विरोध निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्षमा डा बद्री रिजाल, उपाध्यक्ष (प्रदेश १) मा डा विपेश आचार्य, उपाध्यक्ष (लुम्बिनी)मा डा नन्दाकुमारी गुरुङ र उपाध्यक्ष (कर्णाली प्रदेश) डा केशरबहादुर ढकाल निर्विरोध निर्वाचित हुनु भएको हो ।

यसैगरी, कोषाध्यक्षमा डा प्रमोद जोशी, सहकोषाध्यक्षमा डा विक्रान्त ढकाल र सह(सचिव पदमा डा लिजन महर्जन निर्विरोध निर्वाचित हुनु भएको छ । निर्विरोध निर्वाचित हुनेहरु सबै प्रजातान्त्रिक प्यानलका हुनुहुन्छ ।

सदस्यका उम्मेदवार डा कुम्भराज जोशीले शनिबार संघको कार्यालयमा पुगेर सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिनुभएको छ ।

डा जोशीले उम्मेदवारी फिर्ता लिएपछि अब सदस्य पदमा १४ जनाको प्रतिस्पर्धा हुने देखिन्छ। ६ सदस्य पदका लागि १५ जनाले उम्मेदवारी दिएका थिए। निर्वाचनका लागि शनिबारसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो।

अध्यक्ष पदका लागि प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ। अध्यक्ष पदका लागि प्रगतिशील समूहबाट डा सन्तोष पौडेलले उम्मेदवारी दर्ता छ ।

प्रजातान्त्रिक समूहबाट कोको भए निर्विरोध निर्वाचित ?
वरिष्ठ उपाध्यक्ष, डा वद्री रिजाल

उपाध्यक्ष (प्रदेश १), डा डा विपेश आचार्य
उपाध्यक्ष (लुम्बिनी), डा नन्दाकुमारी गुरुङ
उपाध्यक्ष (कर्णाली प्रदेश), डा केशरबहादुर ढकाल

कोषाध्यक्ष डा प्रमोद जोशी

सह(कोषाध्यक्ष, डा विक्रान्त ढकाल

सह(सचिव, डा लिजन महर्जन

संघको निर्वाचन माघमा हुने छ। माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा मतदान हुनेछ।

उम्मेदवारको अन्तिम नामावली

No photo description available.

No photo description available.

No photo description available.

 

  • १० पुष २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech