पारामेडिक्सतर्फ बाँकेका १६ जना कर्मचारीको स्तरवृद्धि

    • स्वास्थ्य पेज

  • ८ पुष २०७९, शुक्रबार

नेपालगन्जः स्वास्थ्य सेवा विभागले पारामेडिक्स अन्तर्गतका बाँकेका १६ जनाकोको स्तरवृद्धि गरेको छ। स्वास्थ्य सेवा विभागले पारामेडिक्स अन्तर्गतका ५०७ जनाको स्तरवृद्धि गर्ने क्रममा बाँकेका १६ जना परेका हुन् । विभागले पारामेडिक्स अन्तर्गतका हेल्थ असिस्टेन्ट, ल्याब टेक्नीसियन, रेडियोग्राफर, क्षयकुष्ठ सहायक र एनेस्थेटिक सहायकहरुलाई पाँचौं तहबाट छैठौंमा स्तरवृद्धि गरेको हो।

स्मतरवृद्धि हुनेहरुमा नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा कार्यरत तेज वली, राजन शाही, नेपालगन्जको उदयपुर स्वास्थ्य चौकीमा कार्यरत राजवीर वर्णवाल र हेमराज पाण्डे, परस्पुर स्वास्थ्य संस्थामा कार्यरत भागिराम थारु, नरैनापुर प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत नवीन बुढाक्षेत्री रहनुभएको छ ।

यसैगरी राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत देवेन्द्र केसी, त्यस्तै राप्तीसोनारीमै कार्यरत सन्दीप थारु, जगतप्रसाद थारु र जानकीमा कार्यरत दिप्ती शाही पनि बढुवा हुनु भएको छ । यसैगरीखजुराका सद्दाम खाँन, गेहेन्द्र जैशी, समसुद्दिन खाँन, उवेद खाँन र अर्जुन कुमार सुनार पनि छैठौ तहमा बढुवा हुुनु भएको छ । कोहलपुरमा कार्यरत प्रतिभा बिसीपनि बढुवाको लिस्टमा पर्नुभएको स्वास्थकर्मीका नेता जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।

विभागले शुक्रबार नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिमको कागजात र प्रक्रिया पूरा गरेपछि उहाँहरुको निवेदनलाई स्वीकृत गरी स्तरवृद्धि गरेको जनाएको छ।

  • ८ पुष २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech