चिसो हृवात्तै बढ्यो, चहलपहल घट्यो, सजगता अपनाउन स्वास्थ्यकर्मीको आग्रह

    • स्वास्थ्य पेज

  • ७ पुष २०७९, बिहीबार

नेपालगन्जः केहि दिनदेखि मौसममा आएको स्वभाविक परिवर्तनले बाँकेसहित तराईमा चिसो हृवात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरी कुहिरोका कारण घाम नलागेपछि तराईमा चिसो बढेको छ ।

कुहिरोसँगै चल्ने चिसो हावाले मानिसहरु घरबाहिर निस्कन सकस भइरहेको छ । बजार तथा शहरमा मानिसको चलहपहल निक्कै कम भएको छ । सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा पनि चिसोका कारण सेवाग्रहीहरु पातलिएका छन् । बिहानै खुल्ने व्यपारीक पसल र बजारहरु पनि ढिलो गरी खुलिरहेका छन् ।

साँझ पख पनि चिसो झनै बढ्न थालेपछि बजारहरु सिम्साँझै सुनसान हुन थालेका छन् । चिसो बढेपछि ज्याकेट र न्यानो कपडा पसलहरुमा ग्राहकको भिड बढेको छ । चिसो अझ बढ्न सक्ने अनुमानका कारण मानिसहरुले न्यानो लुगा जोहो गर्न थालेका छन् । बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राजमार्गको यातायात पनि प्रभावित भएको छ ।

कठ्याग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्नाले सवारी साधानको आवागमनमा असर पुगेको हो । बाक्लो हुस्सुले गर्दा भिजिविलिटी कम हुँदा सवारी साधनहरु कम गतिमा बत्ती बालेर गुड्न बाध्य छन ।

बाक्लो कुहिरोका कारण यातायातका साधनहरु दुर्घटना हुने सम्भावना बढेकाले आवश्यक सावधानी अपनाउन जिल्ला ट्राफिक कार्यालयले अनुरोध गरेको छ भने जिल्ला जनस्वास्थ्य कार्यालयले पनि चिसोबाट जोगिन तथा बालबालिका र वृद्धबृद्धाको विषेश ध्यान दिन अनुरोध गरेको छ ।

 

  • ७ पुष २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech