चिकित्सक धम्काएको आरोपमा २ जना पक्राउ

    • स्वास्थ्य पेज

  • ४ पुष २०७९, सोमबार

नेपालगन्जः मादक पदार्थ सेवन गरेर भरतपुर अस्पतालका चिकित्सकलाई धम्काएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ७ विशाल काफ्ले र भरतपुर महानगरपालिका ९ ऋषिकेश कँण्डेल रहेका छन् ।

उनीहरूले मापसे परीक्षणका क्रममा चिकित्सक माथि अभद्र व्‍यवहार गर्दै भौतिक आक्रमणको प्रयास गरेको आरोप पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताउनुभयो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले दोषीलाई कारर्वाही गर्न र अस्पतालमा शान्ति सुरक्षाको व्यवस्था गरिदिन माग गर्दै जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेका छन् ।

  • ४ पुष २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech