अनलाइनबाट मुटुरोग विशेषज्ञको सेवा

    • स्वास्थ्य पेज

  • १ पुष २०७९, शुक्रबार

नेपालगन्जः तपाईलाई आश्चर्य लाग्न सक्छ । अनलाइनबाट मुटुरोगको विशेषज्ञ सेवा । तर आश्चर्य मान्नु पर्दैन् अव
दाङ देउखुरीको राप्ती गाउँपालिकाका दुईवटा स्वास्थ्य संस्थाबाट मुटुका बिरामीहरुले अनलाइनबाटै विशेषज्ञ डाक्टरहरुबाट परामर्श सेवा लिन पाउने भएका छन् ।

‘ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम’ नाम दिइएको यो सेवा राप्ती गाउँपालिका वडा नं ५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं १ मा रहेको भालुबाङ अस्पतालबाट लिन सकिने छ ।

उक्त कार्यक्रम सञ्चालन भएकाले अब देउखुरी उपत्यका क्षेत्रका मुटुका बिरामीहरुले कम खर्चमा विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउने राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

‘मुटु विशेषज्ञहरुलाई जचाउनकै लागि दाङभन्दा बाहिर जान अब पर्दैन, अनलाइनबाटै परामर्श लिन सकिने भएकाले यो सेवाबाट गरीब तथा विपन्न वर्ग लाभान्वित हुन्छन्,’ अध्यक्ष विष्टले भन्नुभयो ।

राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा उक्त सेवा शुभारम्भ गरिएको हो । दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले विरामीहरुको मुटुको ईसीजी गरी सो सेवाको शुभारम्भ गरेका थिए ।

  • १ पुष २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech