पूर्ण खोप दीगोपना सुनिश्चितताका लागि नगर प्रमुख र उपप्रमुखले गरे हस्ताक्षर

    • स्वास्थ्य पेज

  • २७ मंसिर २०७९, मंगलवार

नेपालगन्जः बाँकेलाई आगामी बैशाख महिनामा पूर्ण खोप दीगोपना सुनिश्चित जिल्ला घोषणा गरिने भएको छ । उक्त घोषणाका लागि कोहलपुर नगरपालिकाले पनि प्रतिबद्धता जनाएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकाल र स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीलगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

बाँकेका सबै पालिकामा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दीगोपना र सरसफाई प्रबद्र्धन योजना तयारी सम्बन्धि गोष्ठी सम्पन्न भइकेका छन् ।

अव घरधुरी सर्भेगरी खोप लगाउन छुटेका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई खोप दिने गरी जिल्लाका ८१ वटै बडाले अभियान चलाउने छन् ।

छुटेका बालबालिकाको पहिचान गरी उनीहरुलाई खोप दिएपछि जिल्लालाई बैशाखामा पूर्ण खोप दीगोपना सुनिश्चित जिल्ला घोषणाको तयारी थालिएको छ ।

 

 

 

  • २७ मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech