नेपालमा पोलियो भाइरसविरुद्ध खोपको क्लिनिकल ट्रायलका गरिने

    • स्वास्थ्य पेज

  • २७ मंसिर २०७९, मंगलवार

नेपालगन्ज: नेपालमा पोलियो भाइरसविरुद्ध खोपको क्लिनिकल ट्रायलका गरिने भएको छ । मङ्सिर २० गते बसेको मन्त्रीपरिषद्को बैठकले पोलियो भाइरस खोपको क्लिनिकल ट्रायलको लागि अनुमति दिएको हो ।

हालै परिवर्तित नियमित खोप तालिकाअनुसार पोलियो विरुद्धको खोप एफआईपीभी खोप १ वर्ष उमेर भित्रका बालबालिकाका लागि १४ हप्ता र ९ महिनामा गरी दुई मात्रा मुखबाट दिइन्छ ।

यस्तै, एक वर्षको उमेरभित्र सो खोप नियमित तालिकामा लगाउन छुटेमा ५ वर्ष उमेरभित्र सम्पूर्ण बालबालिकाका लागि १६ हप्ता अर्थात् चार महिनामा दुई मात्राको फरकमा पोलियो विरुद्धको खोप दिइने व्यवस्था गरिएको निर्देशक डा.लालले जानकारी दिनु भयो ।

आईपीभी खोप के हो ?

पोलियोमाइलाइटिस भाइरसले मस्तिष्क र मेरुदण्डमा असर गर्छ । यो भाइरसको सङ्क्रमण भएपछि ज्वरो आउने, टाउको दुख्ने अनि पक्षाघातसम्मका लक्षणहरु देखा पर्न सक्छ ।

आईपीभी भनेको निष्क्रिय पोलियो खोप हो अर्थात् यसमा मारिएको पोलियो भाइरस समावेश गरिन्छ । आईपीभी खोप ९९ प्रतिशत प्रभावकारी छ । अर्थात् यो खोप पूर्ण मात्रा खोप लगाएका एक सय जना मध्ये ९९ जनालाई भाइरस सङ्क्रमणबाट जोगाउने खोप विज्ञहरु बताउँछन् ।

सेन्टर फर डिजिज कान्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) अमेरिकाका अनुसार पोलियो खोपको दुई मात्रा लगाउँदा ९० प्रतिशत संरक्षण गर्छ भने तीन मात्रा लगाउँदा ९९ प्रतिशत माथि काम गर्छ ।

खोपको साइड इफेक्ट के हो ?

पोलियो विरुद्धको खोप लगाएको वरिपरि सुन्निने तथा दुखाई हुन सक्छ । खोप लगाएको ठाउँमा रातो हुन पनि सक्छ । कुनै बालबालिकालाई एलर्जी अनि एनाफिलेक्सिसका कुनै लक्षण भएमा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न चिकित्सकहरु सुझाउँछन् ।

  • २७ मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech