क्युरेक्स फार्मास्युटिकल्सको लाइसेन्स खारेज

    • स्वास्थ्य पेज

  • २७ मंसिर २०७९, मंगलवार

नेपालगन्जः नेपाली औषधि उत्पादक कम्पनी क्युरेक्स फार्मास्युटिकल्स प्रालिले उत्पादन गर्दै आएको औषधि  गुणस्तरहीन भएको पाइएको छ। औषधि व्यवस्था विभागले काभ्रेको बनेपास्थित क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादन गर्दै आएको एस्कर्विक एसिड (भिटामिन सी आईपी ५०० ग्राम) को बिक्री वितरण प्रमाणपत्र रद्द गरेको हो।

औषधिमा गम्भीर लापरबाही गरेको पाइएपछि विभागले बिक्री वितरण प्रमाणपत्र नै रद्द गरेको जनाएको छ।

क्युरेक्स फार्मास्युटिकल्स प्रालीले उत्पादित गर्दै आएको एस्कर्विक एसिड (भिटामिन सी आईपी ५०० ग्राम) औषधिका विभिन्न ब्याजहरु राष्ट्रिय औषधि प्रयोगशालाबाट विश्लेष्ण प्रतिवेदन अनुसार गुणस्तर नभएको पाइएको छ,’ विभागले जारी गरेको सुचनामा भनिएको छ,’ विभागको ९ मंसिरको निर्णयले उक्त औषधिको बिक्री वितरण दर्ता प्रभाणपत्र औषधि ऐन, २०३५ को दफा २० ९४० बमोजिम रद्द गरिएको छ।’

एस्कर्विक एसिड (भिटामि सी) विशेषगरी क्यान्सर वा मिगौलाको रोगबाट समस्या भएका व्यक्तिलाई दिइने गरिन्छ।

  • २७ मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech