कोभिड हिरो नरेशलाई डा अम्बेकर एक्सीलेन्सी सर्भिस नेशनल अवार्ड

    • स्वास्थ्य पेज

  • २५ मंसिर २०७९, आईतवार

नेपालगन्ज: स्वास्थ्य कार्यालय बाँकेका खोप तथा नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठ `डा अम्बेकर एक्सीलेन्सी सर्भिस नेशनल अवार्ड २०२२´ बाट सम्मानित हुनु भएको छ।

भारतको नयाँ दिल्लीमा आज आयोजित एक कार्यक्रमका बीच भुतपुर्व संघीय सामाजिक न्याय तथा शसक्तिकरण मन्त्री डा शक्ति नारायण जतिया र रेल वे मन्त्री रमेश चन्द्र रातनले श्रेष्ठलाई सम्मान सहित अवार्ड प्रदान गर्नु भएको हो ।

दलित पछाडी परेको समूहलाई सामाजिक तथा स्वास्थ्य सेवा प्रदान गरि नेपाली तथा भारतीय समुदायमा उनीहरुको अबस्थामा सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई अवार्ड प्रदान गरिएको हो ।

श्रेष्ठ नेपालको दुर्गम जिल्ला हुम्लामा ११ वर्ष सेवा गरि त्यहाँका नागरिकको स्वास्थ्य सेवा प्रबर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनु भएको छ । यसअघि श्रेष्ठ प्रवल जनसेवा श्री ( चौथो), नेपाली सेनाबाट प्रधानसेनापति प्रंशसा, कोभिड हिरोलगायतबाट सम्मानित भैसक्नु भएको छ ।

  • २५ मंसिर २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech