कुन-कुन औषधि स्वास्थ्य चौकीमा सित्तैमा पाइन्छ ?

    • स्वास्थ्य पेज

  • २१ मंसिर २०७९, बुधबार

कतिपय यस्ता औषधि छन्, जुन हामीलाई सामान्य रोगव्याधिमा जरुरी हुन्छ । यसमध्ये धेरैजसो औषधि निःशुल्क रुपमा वितरण हुन्छ । आफूलाई पायक पर्ने सरकारी अस्पताल वा स्वास्थ्य चौकीमा गएर यस्ता औषधि लिन सकिन्छ ।

सामान्यतया ज्वरो आउँदा खाइने सिटामोलदेखि घाउचोट लाग्दा लगाइने बेटाडिनसम्म सित्तैंमा पाइन्छ । साथै गर्भनिरोधको अस्थायी साधनसम्म निःशुल्क रुपमा उपलब्ध हुन्छन् । नेपाल सरकारले देशभरका स्वास्थ्य संस्थाबाट विभिन्न ७२ थरीका औषधि सित्तैंमा दिने व्यवस्था गरेको छ ।

यी औषधि देशभरका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य केन्द्रबाट लिन सकिन्छ । चिकित्सकको प्रेस्किप्सन देखाएर पनि आफूलाई आवश्यक औषधि लिन सकिन्छ । यसैगरी स्वास्थ्य चौकीमा प्रारम्भिक स्वास्थ्य जाँच गराएर यी औषधि लिन पाइन्छ ।

कति मात्रामा पाइन्छ सित्तैंमा औषधि ?

न्टिबायोटिक औषधि ३ देखि ५ दिनसम्म खानै पर्ने हुन्छ । त्यहीअनुसार दिइने गरिन्छ ।     त्यसपछि फलोअपमा बोलाउने गरिन्छ । साधारण रुघाखोकीको औषधि बिरामीको प्रकृति हेरेर आवश्यकताअनुसार खान सल्लाह दिइन्छ । औषधि सकिएपछि पुनः आवश्यक परेमा फलोअपमा बोलाउने गरिन्छ ।

निःशुल्क औषधि कति मात्रा दिने भन्ने कुरा ओपीडीमा बिरामीको जाँचपछि निक्र्योल गरिन्छ । निको नभएमा भने अस्पताल जान सुझाउने गरिन्छ ।

घाउ, चोटपटक लागेर आएको बिरामीलाई निःशुल्क ड्रेसिङ गराउने, घाउ सुकाउने एन्टिबायोटिक, औषधि पनि दिने व्यवस्था छ । प्रायजसो घाउ सुकाउने औषधि लिनको लागि आउने गर्छन् ।

कुन रोगमा प्रयोग गर्ने ?

यहाँ पाइने औषधि प्रायः ज्वरो आएका बिरामी, पेटको सामान्य रोग जस्तै झाडापखाला हुँदा, वाकवाकी लाग्दा, रुघाखोकी लाग्दा चाहिने औषधि दिइन्छ । यसैगरी क्षयरोगको औषधि पनि निःशुल्क पाइन्छ । मानसिक समस्याको औषधि, परिवार नियोजनको साधन सित्तैंमा उपलब्ध हुन्छ । यसैगरी भिटामिन ए, जुकाको औषधि बालबच्चालाई ६-६ महिनामा निःशुल्क खुवाउने गरिन्छ । वयस्कहरुलाई आवश्यक भएमा जुकाको औषधि सित्तैंमा लैजान पाइन्छ ।

चिकित्सकको परामर्शमा मात्रै

जुनसुकै औषधि चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श लिनु जरुरी छ । सामान्य सिटामोल र एन्टिबायोटिक औषधि केही दिनको लागि धेरै जटिल लक्षण छैन भने स्वास्थ्यकर्मीले दिने गर्छन् । तर लक्षण धेरै खालका छन् । गम्भीर अवस्था बन्दै गएको छ भने अस्पतालमा जाँच गरेको र औषधि लेखिदिएको कागजात देखाएर यहाँ उपलब्ध भएका औषधिहरु दिइन्छ ।

  • २१ मंसिर २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech