भेरी अस्पतालमा डायनामिक क्युआर सेवा, बिरामीले पर्दैन अब पैसा बोक्न !

    • स्वास्थ्य पेज

  • २० मंसिर २०७९, मंगलवार

नेपालगन्ज: तपाईं कोही बिरामी पर्नु भयो ? वा बिरामीलाई लगेर भेरी अस्पताल जाँदै हुनुहुन्छ ? बैंकको खातामा पैसा छ तर तपाईंको हातमा नगद पैसा छैन । नगद पैसा छ । तर खल्ती वा ब्यागमा पैसा बोक्दा चोरी हुने वा हराउँछ कि भन्ने भय छ ? अब चिन्ता गर्नु पर्दैन ।भेरी अस्पताल  नेपालगन्जले आजदेखि डायनामिक क्युआर सेवा सञ्चालनमा ल्याएसंगै माथी उल्लेखित सबै समस्या समाधान भएको छ ।

अस्पतालमा आयोजित कार्यक्रममा नेपाली सिने जगतका चर्चित कलाकार नायक दयाह्याङ्ग राईले क्युआर भुक्तानी गरि उक्त सेवाको सुरुवात गर्नुभएको हो ।

सेवा सुरुवात गर्दै राईले अस्पतालले बिरामीलाई छिटोछरितो सेवा प्रबाहका लागि थालेको डायनामिक क्युआर सेवा सफलताको शुभकामना दिनुभयो । अस्पतालले बिल भुक्तानी सहज र प्रविधिमैत्री गराउन यो सेवा सुरु गरेको हो । सामन्यतया मोबाइलबाट क्युआरको प्रयोग गरेर गरिने भुक्तानी दुई प्रकारका हुन्छन् ।

एउटा स्टाटिक क्युआर । जसमा स्ट्यान्डमा राखिएको क्युआरमा स्क्यान गरिसकेपछि खातावालाको नं मोबाईलमा देखिन्छ र बिल अनुसारको रकम टाइप गरेर भुक्तानी गर्न सकिन्छ भने अर्को डायनामिक क्युआर ।

जसमा सेवाग्राहिका बिलहरु सिस्टमले नै स्क्रिनमा देखाउँछ र स्क्यान गर्दा बिल रकम समेत मोबाइलमै देखिने हुन्छ । यही डायनामिक क्युआर भेरी अस्पतालले आजबाट सञ्चालनमा ल्याएको हो । अब बिरामीले नगद रकम बोकिरहन पर्दैन । क्युआर गर्दा समेत रकममा तलमाथि नहुने र खुद्राको समस्या लगायतबाट समेत मुक्ति मिल्ने छ ।

मोटो रकम बोकेर अस्पताल पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.बद्री चापागाईले भन्नुभयो खुद्रा पैसा फिर्ताका लागि बिरामीले झेल्दै आएको सास्ती पनि अब टरेको छ ।

डायनामिक क्युआरमा भुक्तनी सफल भए/नभएको म्यासेज समेत कुर्न नपर्ने भएकाले म्यासेजको लागि पर्खनु पर्ने बाध्यताबाट पनि बिरामीले मुक्ति पाएका छ्न ।

अस्पताललाई प्रविधिसँग जोड्दै बिरामीलाई सहज र प्रभावकारी उपचार प्रबाहमा आफुहरु प्रयासरत रहेको मेसु डा. चापागाईले बताउनुभयो ।

  • २० मंसिर २०७९, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech