जानकीका सबै वडामा निःशुल्क आँखा शिविरको आयोजना

    • स्वास्थ्य पेज

  • १९ मंसिर २०७९, सोमबार

तस्विर फाइल

नेपालगन्जः बाँकेको जानकी गाउँपालिकामा निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ । यही मंसिर २१ गतेदेखि २८ गतेसम्म ६ वटै वडामा आँखा शिविर हुन लागेको हो ।

नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुलटेक्राको आयोजना, तेज कोहली रुइत फाउण्डेसनको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा शिविर आयोजना गरिएको फत्तेबाल आँखा अस्पतालले जनाएको छ ।

मंसिर २१ गते स्वास्थ्य चौकी साईगाउँ, २३ गते स्वास्थ्य चौकी बेलभार, २५ गते स्वास्थ्य चौकी इन्द्रपुर, २६ गते स्वास्थ्य चौकी खजुराखुर्द, २७ गते स्वास्थ्य चौकी बेलहरी र २८ गते स्वास्थ्य चौकी गनापुरमा शिविर बस्ने छ ।

विहान १० बजेदेखि सुरु हुने शिविरमा नाम दर्ता, आवश्यक औषधि र मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने छ ।

शल्यक्रियाका लागि छनौट भएका बिरामीको फत्तेबाल आँखा अस्पतालमा शल्यक्रिया गरिने बताइएको छ ।

  • १९ मंसिर २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech