भेरी अस्पतालको सौन्दर्यीकरणः भित्तामा यसरी पोतिए आकृतिहरु

    • स्वास्थ्य पेज

  • २२ मंसिर २०७९, बिहीबार

नेपालगन्जः लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको भेरी अस्पताल नेपालगन्जले आफ्नो सेवा प्रवाहलाई बिरामीमैत्री बनाउँदै केही रचनात्मक अभ्यासको थालनी गरेको छ ।

तिनै मध्येको एउटा अभ्यास हो अस्पतालको सौन्दर्यीकरण अस्पताल भवनको दक्षिणी दिवाल (पर्खाल)लाई रंग्याएर चिटिक्क पारिएको छ । त्यसमा विभिन्न आकृतिहरु कुँदिएका छन् । ति आकृतिमा भरिएका रंगहरुले त्यसलाई सुन्दर बनाएको छ । रंगको समयोजन आर्टिस्ट लक्ष्मण श्रेष्ठले गर्नु भएको हो ।

अस्पतालको मुख्य प्रवेशद्धार (पूर्वतिर) को पर्खाललाई पनि व्यवस्थित बनाउने काम भइरहेको छ । सुन्दा सामान्य लाग्ने तर देख्दा उपचारका लागि आउने बिरामीलाई यसले सकारात्मक प्रभाव पार्छ भन्ने विश्वास सहजै गर्न सकिन्छ । अस्पताल सफासुन्दर भयो भने पनि उपचारका लागि आउने बिरामीलाई मनोबैज्ञानिकरुपमा सकारात्मक असर पर्ने चिकित्सकहरु बताउँछन् ।

‘यो एउटा सतही सौन्दर्यीकरण मात्र नभएर अस्पतालको सेवा प्रवाहलाई नै व्यवस्थित बनाउने सवालमा थुप्रै नविनतम् र आश लाग्दा अभ्यासहरु भइरहेका छन् अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भन्नुभयो-‘केही परिवर्तनहरु देख्नका लागि समय लाग्छ केही आभाष गर्न सकिन्छ ।’

जनउत्तरदायी एवं कुशल व्यवस्थापनको माध्यमबाट आवश्यक सबै स्रोत र साधनको अधिकतम् परिचालन गरी भेरी अस्पतालमा विद्यमान तथा नयाँ चुनौतीहरूलाई सही ढङ्गले सम्बोधन गरेर नागरिकको स्वास्थ्य प्रवद्र्धन, संरक्षण र सुधारका लागि आफ्नो प्रयास अविच्छिन्न नै हुने अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डा. बद्री चापागाइँको भनाइ छ ।

अस्पताल सुदृढीकरण तथा सौन्दर्र्यीकरण गर्ने अभियानमा आम नागरिकको प्रतिकृया र रचनात्मक सुझावको अपेक्षा पनि गरेका छौं अस्पतालका मेसु डा चापागाइँले भन्नुभयो–‘अस्पताल जाँदा कस्तो मन लिएर जाने ? फर्किंदा कस्तो अनुभव सँगालेर फर्किने ? भित्तामा पोतिएका आकृति अनि कोरिएका रेखाले पनि सकारात्मक प्रभाव पार्छ ।’

नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकको रूपमा स्थापित गरेको छ । स्वास्थ्य क्षेत्रमा भएका प्रगतिहरूलाई विकासका प्रमुख सूचकाङ्कहरूकै रूपमा लिने गरिएको छ । भौतिक पूर्वाधार, दक्षजनशक्ति, उपकरण लगायतका अभावका बाबजुतपनि भेरी अस्पतालले आफ्नो सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगेको छ ।

तस्विरः पहिले

पहिले

पहिले

पहिले

पहिले

तस्विरः अहिले

अहिले

अहिले

अहिले

  • २२ मंसिर २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech