नेपालगन्जका स्वास्थ्य संस्थामा उपप्रमुखको छ्ड्के

    • स्वास्थ्य पेज

  • १८ मंसिर २०७९, आईतवार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले नगरमा संचालित केही स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छ्ड्के अनुगमन गरेको छ ।

नगर उपप्रमुख कमरुद्दिन राईको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका १४, १६ र १७ नम्बर वडाका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुको छ्ड्के अनुगमन गरिएको उपमेयरका स्वकीय सचिब अर्विन्द शर्माले जानकारी दिनु भयो ।

त्यसक्रममा वडा नम्बर १६ का परस्पुर आयुर्वेद औषधालयका कर्मचारी बिन्देश्वर शाह एक हप्ता देखि गयल देखिएको भेटिएको छ । शाह बिन जानकारी गयल देखिएको अनुगमन टोलीले फेला पारेको हो ।

त्यसक्रममा उपप्रमुख राईले स्वास्थ्य सेवालाई प्रभावकारी र बिरामीमैत्री बनाउन निर्देशन दिनु भएको थियो । उहाँले कार्यालय समयमा नभेटिने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने चेतावनी पनि दिनु भएको छ ।

 

  • १८ मंसिर २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech