दतिउन, बाँस, माझिझारले दाँत सफा हुन्छ ?

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०७९, शनिबार

श्वास गन्हाउने समस्याले कतिपय मानिस विभिन्न सभा–समारोहमा जान पनि हिच्किचाउनुपर्ने अवस्था सिर्जना हुन्छ  । मुख तथा श्वास गन्हाउँदा अरुलाई पनि समस्या हुन्छ भने स्वयंलाई पनि असजिलो महसुस हुन्छ । मुख हाम्रो महत्वपूर्ण अङ्ग हो । शरीरलाई आवश्यक खाना मुखबाटै खाने गर्छौं । त्यसैले पनि स्वास्थ्यमा महत्वपूर्ण अङ्गको रुपमा मुख मानिन्छ ।    क्यान्सर भएको हो कि भनेर शंका मान्नु पर्ने हुन्छ ।

दतिउन, बाँस, माझिझारले दाँत सफा हुन्छ ?
गाउँघरमा दाँत सफा गर्नको लागि दतिउन, बाँस, माझीझारको प्रयोग गर्ने चलन छ । तर, यस्ता कुराले दाँत सफा हुँदैन । यस्ता कुराले दाँत माझ्दा दाँतको भित्री भाग माझिँदैन । दाँतको दुई भागमात्रै माझेर सफा हुँदैन । त्यसकारण पनि मुख गन्हाउन सक्छ । दाँत माझ्दा ब्रसको अनिवार्य प्रयोग गर्नुपर्छ ।

दाँत किराले खाएर, गिँजा सुनिने, रगत आउने, मुख गन्हाउने साथै अन्य मुखमा घाउखटिराको समस्या छ र प्रायः त्यही समस्या दोहोरिन्छ भने क्यान्सर हुन पनि सक्छ । सामान्य अवस्थामा पनि श्वास गन्हाउने समस्या छ भने स्वास्थ्य परीक्षण गर्न दन्त चिकित्सकहरु सुझाव दिन्छन् ।

श्वास तथा मुख गन्हाउने समस्या छ भने स्याउको सेवनले पनि कम गर्न सकिन्छ । स्याउले प्राकृतिक सफाइको काम गर्छ । साथै अन्य चपाउने खालका प्राकृतिक खानाले पनि दाँतको सफाइ गर्नुका साथै मुखको स्वास्थ्यलाई फाइदा गर्छ ।

गाउँघरमा दाँत सफा गर्न दतिउन, बाँस, माझीझारको प्रयोग गर्ने चलन छ । तर, यस्ता कुराले दाँत सफा हुँदैन ।

  • १७ मंसिर २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech