डा.अनुप सुवेदी प्लेकार्ड टाँसेर किन उभिए माइतीघरमा ?

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०७९, शनिबार

नेपालगन्ज: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व दावी गरेर आन्तरिक र बाह्य दबाब सिर्जना गरिरहेका बेला शनिबार माइतीघर मण्डलामा अनौठो प्रदर्शन भयो । विरोध प्रदर्शनस्थलका रुपमा चर्चित माइतीघर मण्डलामा तीनजना मात्र प्रदर्शनकारी थिए ।

अरु सहभागी आउँदै होलान् भनेर प्रहरी पनि पर्खिरहेका थिए । तर धेरै बेरसम्म तीनजनामात्र छातीमा प्लेकार्ड टाँसेर उभिए । प्रदर्शनकारीको नेतृत्व गरिरहनु भएको थियो डा.अनुप सुवेदीले ।

कोभिडको बेला निकै चर्चामा आउनु भएका डा.सुवेदी कांग्रेसमा गगन थापाले प्रधानमन्त्री पाउनुपर्छ भन्दै दबाबका लागि सामाजिक सञ्जालमा पनि सक्रिय रहनु भएको छ। उहाँले सामाजिक सञ्जालबाटै शनिवार माइतीघरमा भेटौं भनेको भरमा दुई जनाले उहाँलाई साथ दिनु भयो ।

प्रदर्शनकारीमध्येका सन्तोष अधिकारीले आफू अनुप सुवेदीले सामाजिक सजालबाट परिवर्तनको पक्षमा आह्वान गरेको देखेर प्रदर्शनमा सहभागी हुन आएको बताउनु भयो ।

स्वतन्त्र नागरिकका रुपमा आफू सडकमा आएको भन्दै डा.सुवेदीले गगन थापा एकजना व्यक्तिको पक्षमा भन्दा पनि नयाँ नेतृत्व र परिवर्तन तथा स्थायित्वको पक्षमा भएको बताउनु भयो ।  उहाँले जोसुकै आए पनि नयाँ पुस्ता आउनुपर्ने बताउनु भयो ।

  • १७ मंसिर २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech