मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष  मृत भेटिए

    • स्वास्थ्य पेज

  • १७ मंसिर २०७९, शनिबार

नेपालगन्ज: मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत भेटिनु भएको छ । भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

शनिबार हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन उहाँ शुक्रबार सर्लाही पुग्नु भएको थियो ।

राति खान खाएर सुतेका उहाँलाई आज बिहान साधारण सभा सुरु भएपछि खोज्दा आफ्नो कोठामै मृत भेटिएको मिडिया काउन्सिलका प्रशासकीय प्रमुख मुनेश्वर यादवले बताउनु भयो।

कोठामा उहाँले वान्ता गरेको पाइएको छ । उहाँको हातमा र कोठामा औषधि भेटिएको छ।  उहाँ मधुमेह, उच्च रक्तचापका विरामी हुनुहुन्थ्यो ।

भट्टराई नेपाल पत्रकार महासंघ सप्तरी शाखा संस्थापक सभापति र नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उपसभापति समेत हुनुहुन्थ्यो । घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

  • १७ मंसिर २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech