कपालमा चाया पर्ने समस्याबाट छुटकारा पाउने उपाय

    • स्वास्थ्य पेज

  • १६ मंसिर २०७९, शुक्रबार

कपालमा चाया पर्ने समस्या एक यस्तो समस्या हो जसले धेरै मानिसहरूलाई सताउँछ। एक यस्तो समस्या जो बारम्बार आइरहन्छ।

कपालमा चाया पर्ने समस्या मुख्यतया फंगसको कारणले हुन्छ।

सामान्यतया कपालमा चाया पर्ने समस्या हामी सबैको छालामा प्राकृतिक रुपमा हुन्छ तर आधा मानिसमा यो समस्या हुन्छ।

त्यसमा पनि एक तिहाइ मानिसमा यस्ता हुन्छन् जसमा यो समस्या यति धेरै बढ्छ कि बाहिर निस्कन पनि गाह्रो हुन्छ ।

कपालमा चाया पर्ने समस्या एक धेरै सामान्य समस्या हो तर कहिलेकाहीँ यो सामाजिक स्तरमा लाजमर्दो पनि बन्न सक्छ।

कपालमा चाया पर्ने समस्या भए के गर्ने?

धेरै व्यक्तिहरूले स्वीकार गरेका छन् कि कपालमा चाया पर्ने समस्याका कारण अप्ठ्यारो महसुस भएका कारण उनीहरूले सामाजिक समारोहमा जान र मानिसहरु भेट्न कम गरे ।

तर डराउनुपर्देन । कपालमा चाया पर्ने समस्यासँग सामना गर्ने केही प्रभावकारी उपायहरू छन्।

कपालमा चाया पर्ने समस्या मुख्यतया फंगसका जिम्मेवार हुन्छ त्यसलाई ‘मालासेजिया ग्लोबोसा’ भनिन्छ। मुख्य रुपमा यहि फंगसका कारण कपालमा चाया पर्ने समस्या हुन्छ।

यो फंगसले हाम्रो छाला र कपालको तेल सोस्छ। तर जब यो यस्तो गर्छ, त्यहि समयमा यसले ओलिक एसिड उत्पादन गर्दछ, जसको कारण हाम्रो छाला चिलाउन सक्छ।

केही मानिसहरूमा, यसले प्रतिरक्षा प्रतिक्रियालाई रोक्छ जसले टाउकोको छालाबाट सुख्खा भएका तहहरु खस्न थाल्छन् ।

वायु प्रदूषणले यसलाई अझ खराब बनाउँछ जबकि सूर्यको पराबैंजनी किरणले यस अवस्थाको नियन्त्रण गर्न मद्दत गर्न सक्छ।

यस्तो अवस्थामा कपालमा चाया पर्ने समस्याबाट छुटकारा पाउन टाउकोमा तेल लगाउनु राम्रो होइन ।

यो फंगस ‘मालासेजिया ग्लोबोसा’ ले कपाल र छालामा रहेको प्राकृतिक तेललाई अवशोषित गर्छ। यस्तो अवस्थामा यो तेल धुनु वा सफा गर्नु धेरै उपयोगी साबित हुन सक्छ।

तर, त्यहाँ केही रसायनहरू यस्तो छन् जसको मद्दतले यसलाई हटाउन सकिन्छ। सबैभन्दा प्रभावकारी एन्टी–फंगल रसायनहरू माइकोनजोल र केटोकोनाजोल हुन्।

केहि शेम्पुमा केटोकोनाजोल प्रयोग गरिन्छ । तर माइकोनाजोल हाल छालामा लगाउने क्रीमको रूपमा मात्र उपलब्ध छ। यद्यपि, जनावरहरूको लागि उपलब्ध केही शैम्पूहरूमा माइकोनजोल रसायन हुन्छ।

एन्टिफंगल शेम्पू

एन्टिफंगल शेम्पूको प्रभाव केहि समय पछि रहँदैन। त्यसकारण समय समयमा यी विकल्पहरू पुनः प्रयोग गर्न आवश्यक छ।

कोल टार शेम्पूले छालाको टर्नओभरको प्रक्रियालाई ढिलो गर्न सक्छ। साथै सैलिसाइलिक एसिड युक्त शैम्पूले फ्लेक्सबाट छुटकारा पाउन मद्दत गर्दछ।

तर, जिंक वा सेलेनियम भएको शेम्पुले पनि फंगसबाट बच्न मद्दत गर्न सक्छ। यस्तो अवस्थामा कपालमा चायाँ पर्ने समस्याबाट छुटकारा पाउन धेरै प्रकारका उपाय अपनाउन सकिन्छ ।

अन्वेषकहरूले मालासेजियाको आनुवंशिक कोडलाई क्रमबद्ध गरेका छन् र यसको मद्दतले फंगसबाट छुटकारा पाउन थप प्रभावकारी औषधिहरू विकास गर्ने काम भइरहेको छ।

कपालमा पर्ने चायाँको उपचार आफैले कसरी गर्ने

कपालमा चायापर्ने समस्या एक धेरै सामान्य छाला अवस्था हो।

सामान्यतया गाढा रङको कपालमा चायाँ प्रष्ट देखिने गर्छ र यो समस्या बढेपछि काँधमा पनि चायाँ देखिने गर्छ ।

यस्तो अवस्थामा टाउको सुख्खा हुनसक्छ र चिलाउने पनि हुनसक्छ।

के गर्ने

सबैभन्दा सजिलो तरिका कुनै पनि राम्रो एन्टी–ड्यान्ड्रफ शैम्पू प्रयोग गर्नु हो। यसमा धेरै प्रकारका ब्रान्डहरू पनि पाउन सकिन्छ।

जुन शेम्पुमा यी रसायन भए कपालमा चायाँ पर्ने समस्या रोकथामका लागी किन्न सकिन्छ ।

जिंक पाइरिथियोन
सेलिसिलिक एसिड
सेलेनियम सल्फाइड
केटोकोनाजोल
कोइला टार

कपालमा चायाँपर्ने समस्या धेरै भए एक महिनासम्म एन्टी–ड्यान्ड्रफ शेम्पु प्रयोग गर्नुपर्छ । एक भन्दा बढी एन्टी–ड्यान्ड्रफ शेम्पू प्रयोग गरेमा कपालका लागि कुन राम्रो हो भनेर बुझ्न सकिन्छ।

कपालमा चायाँ पर्नुको कारण

कपालमा चायाँपर्ने समस्या सरसफाईको कमीले फस्टाउँदैन तर कपाल सफा नराखेकोमा झन् स्पष्ट देखिने गर्छ ।

तनावका कारण र चिसो मौसममा कपालमा चाया पर्ने समस्याको जोखिम बढि हुन्छ।

(बीबीसी हिन्दिबाट अनुवाद गरिएको)

  • १६ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech