१२ लाख ८८ हजार रुपैयाँको पत्रकार स्वास्थ्य कोष स्थापना गर्ने पत्रकार महासंघको निर्णय

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०७९, बिहीबार

नेपालगन्जः नेपाल पत्रकार महासंघ बाँके शाखाले १२ लाख ८८ हजार रुपैयाँको पत्रकार स्वास्थ्य कोष स्थापना गरेको छ ।

नेपालगन्जमा बसेको महासंघ बाँके शाखाको बैठकले एम्बुलेन्स खरिद गर्नका लागि दाताबाट संकलन गरेको रकमलाई स्वास्थ्य कोषमा रुपान्तरण गर्दै स्वास्थ्य कोष स्थापनाको निर्णय गरेको महासंघका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो । कोरोनाको महामारीका समयमा महासंघले एम्वुलेन्स खरिदको निर्णय गर्दै प्रक्रिया अगाडि बढाएको थियो ।

सरकारको नयाँ कार्यविधिका कारण एम्बुलेन्स खरिद गर्न सम्भव नभएको र विभिन्न निकायसँग समन्वय गरेर एम्बुलेन्स सञ्चालन गर्ने अधिकतम् प्रयास सफल नभएकाले महासंघका पूर्व अध्यक्ष, सल्लाहकार, पत्रकार सम्बद्ध आस्थागत संगठनका अध्यक्षसहितको सर्वपक्षीय बैठकको सुझावको आधारमा कोष स्थापना गर्ने निष्कर्षमा पुगिएको भण्डारीको भनाइ छ ।

कोषको रकमबाट कसरी पत्रकारलाई स्वास्थ्य उपचारमा सघाउने भन्नेबारेमा कार्य विधि बनाउन महासंघले उपसमिति बनाएको छ ।

बैठकले आगामी २९ मंसिरमा महासंघको १३औं साधारणसभा गर्ने निर्णय पनि गरेको छ । महासंघका सदस्यलाई आगामी १५–२५ मंसिरसम्म सदस्यता नविकरण गर्न पनि आग्रह गरिएको सचिव कमल डाँगीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

  • १५ मंसिर २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech