समय नपुगी जन्मिएका शिशुको स्याहार कसरी गर्ने ?

    • स्वास्थ्य पेज

  • १४ मंसिर २०७९, बुधबार

नेपालगन्जः सामान्यतः गर्भको पूर्ण अवधि ३९ देखि ४० सातालाई मानिन्छ । तर, विश्वभर प्रत्येक १० मध्ये एकजना शिशु गर्भ अवधि नपुग्दै जन्मिने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रतिवर्ष एक करोड ५० लाख शिशु ३७ साताभन्दा कम ९प्रि म्याचोरिटी० अवधिमा जन्मिने गरेका छन् ।

संगठनका अनुसार अधिकांश अवधि नपुग्दै शिशु जन्मिनुको कारण पहिचान हुन सकेको छैन । तर, आमालाई कुनै संक्रमण भएमा गम्भीर स्वास्थ्य समस्या देखिएमा, धेरैपटक सन्तान जन्माएमा, गर्भवतीमा मधुमेह, उच्च रक्तचाप आदि समस्यका कारण शिशु अवधि पुग्नुअघि नै जन्मिन सक्छन् ।
ल्ःद्य द्यबलप

यसरी जन्मिएका शिशु कम तौलका हुन्छन् भने उनीहरूको कुनै पनि संक्रमणले छिटो आक्रमण गर्नसक्ने, राम्रोसँग दूध चुस्न नसक्ने, श्वासप्रश्वासमा कठिनाई हुनेदेखि मृत्युसमेको सम्भावना हुनसक्छ । अवधि नपुगी जन्मिएका शिशुको राम्रो स्याहार नभएमा अपांगता हुने तथा पढाई लेखाई, श्रवण र दृष्टीको समस्या देखिनसक्ने वरिष्ठ बालरोग विशेषज्ञ डा गणेश राईको भनाइ छ ।

यस्ता शिशुलाई विशेष हेरचाहका साथै आमाको नांगो छाती ९मायाको अंगालो०मा टाँसेर राख्नाले विभिन्न स्वास्थ्य समस्या तथा मृत्युबाट समेत बचाउन सकिने डा राईको भनाइ छ । मायाको अंगालोमा राख्नाले उनीहरूलाई गर्भकोजस्तै आवश्यक तापक्रम मिल्छ भने आमाको दूध बढी आउने, आमा र बच्चाबीच अत्मियता बढ्ने र शिशुको वृद्धि विकासमा सहयोग पुग्नेजस्ता फाइदा हुन्छन् ।

  • १४ मंसिर २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech