पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणिको संसदीय यात्रामा लाग्यो ब्रेक

    • स्वास्थ्य पेज

  • ११ मंसिर २०७९, आईतवार

नेपालगन्जः नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलको संसद् यात्रामा ब्रेक लागेको छ।

महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका पोखरेल एमाले उम्मेदवार लक्ष्मी महतो कोइरीसँग पराजित हुनुभएको छ ।

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोखरेलले २२ हजार ३७३ मत ल्याउनुभयो। विजयी भएका एमालेका उम्मेदवार महतोले २३ हजार ४०२ मत ल्याउनुभयो।

महोत्तरी १ बाट जितको ह्याट्रिक गरिसकेका पोखरेल माओवादीबाट सरकारमा सहभागी हुने नेतामध्ये सबैभन्दा अगाडि पर्नुहुन्छ। उहाँ संविधान सभाको निर्वाचन २०६४ र २०७० तथा प्रतिनिधि सभाको निर्वाचन २०७४ मा विजयी हुनुभएको थियो ।

उहाँ २०६४, २०६५ र २०७४ मा स्वास्थ्यमन्त्री तथा २०७४ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री हुनुभएको थियो ।

  • ११ मंसिर २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech