चितवन: चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका डा भोजराज अधिकारीलाई ९ हजार २३३ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित हुनुभएको हो ।
गएराती सार्वजनिक मतपरिणाम अनुसार पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका अधिकारीले २५ हजार ८२२ मत प्राप्त गर्नुभयो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालले १४ हजार ८४२ मत ल्याएर तेस्रो स्थानमा पुग्नुभयो भने नेपाली कांग्रेसबाट कारबाही भोगेका दिनेश कोइराला १२ हजार २७५ मतका साथ चौँथो स्थानमा रहुनुभयो।
निर्वाचनमा पराजय बेहोरेपछि डा अधिकारीले सामाजिक सञ्जाल मार्फत राजनीतिक रुपमा आफ्नो परीक्षा अब बल्ल शुरु भएको प्रतिक्रिया दिनुभएको छ। उहाँले निर्वाचनमा प्रतिबद्धता व्यक्त गरेका ६ स को मुद्दाहरु को नितिगत कार्यन्बयन र बिशेषत स्वास्थ्य क्षेत्रको जनतासँग अस्पताल अभियानलाई आफ्नो तर्फ बाट निरन्तरता दिन लागि पर्ने बताउनुभएको छ ।