डडेल्धुरा अस्पतालका डाक्टरहरुसँग सागर ढकालको छलफल

    • स्वास्थ्य पेज

  • १० मंसिर २०७९, शनिबार

डडेल्धुरा : डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनावी प्रतिष्पर्धा गरि पराजय बेहोर्नुभएका सागर ढकालले डडेल्धुरा अस्पतालमा कार्यरत डाक्टरहरुसँग छलफल गर्नुभएको छ । आफुले काम सुरु गरिसकेको जानकारी दिदै ढकालले सामाजिक सञ्जाल मार्फत त्यहाँका चिकित्सकहरुसँग अब के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको जानकारी दिनुभएको हो ।

“जित्ने पो १६५ हुन् , दोस्रो तेस्रो हुने त हजारौँ छन् । फस्ट नभएपनि पनि कति काम गर्न सकिँदो रहेछ भनेर एउटा मोडेलको रुपमा म संसद बाहिर प्रस्तुत हुनेछु। संसद बाहिर भएका प्रतिद्वन्धी मध्ये नेपालभरि टप टेनमा‌ पर्न ५ बर्ष कडा मेहनत गर्नेछु”- ढकालले समाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

ढकालले बिस्तृत योजना २\३ महिनामा बनाउने र डडेल्धुरा, सुदुरपश्चिमसँगै देशको मुद्दा उठाउने बताउनुभएको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवासँग ढकाल करिब १२ हजार भन्दा बढीको मतान्तरले पराजित हुनुभएको थियो ।

  • १० मंसिर २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech