भेरी अस्पतालमा न्यूरो मेडिसिन सेवा सुरु

    • स्वास्थ्य पेज

  • ९ मंसिर २०७९, शुक्रबार

नेपालगन्ज : भेरी अस्पतालमा न्यूरो मेडिसिन सेवा सुरु भएको छ । अस्पतालले विशिष्टिकृत सेवा बिस्तार गर्ने क्रममा न्यूरो मेडिसिन सेवा पनि सुरु गरेको हो । काठमाडौंबाट डिएम न्यूरो फिजिसियन डा.निरज गौतम भेरी अस्पतालमा आएसँगै बिहिबारबाट यो सेवा सुरु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाईले जानकारी दिनुभयो ।

विशिष्टिकृत सेवा थप्दै जाने क्रममा हामीले न्यूरो मेडिसिन सेवा पनि सुरु गरेका हौं, अस्पतालका मेसु डा. चापागाईले भन्नुभयो – “यसले यस क्षेत्र र आसपासका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुनेछ” । यसअघि न्यूरोको मेडिसिन सेवा नहुदा बिरामीहरुलाई चेकजाँचका लागि भारत या काडमाडौं धाउनुपर्ने बाध्यता थियो ।

अस्पतालमा न्यूरो फिजिसियन डा.गौतमले ओपीडि सेवा सूरु गरेपछि अब नशाका विभिन्न समस्या जस्तै टाउको दुख्ने, माइग्रेन, हातगोडा झमझमाउने, हातगोडा पोल्ने,पक्षघात, मृगि , स्मरण शक्तिमा कमि जस्ता समस्या भएका बिरामीहरु लाभान्वित हुनेछन् ।

अस्पतालले हाललाई हप्तामा दुईदिन बिहीवार र मंगलवार न्यूरो मेडिसिनको ओपिडि सेवा सञ्चालन गर्ने जानकारी दिएको छ । यसअघि अस्पतालले केहि महिना अघि मात्र न्यूरो सर्जरी सेवा सुरु गरेको थियो । न्यूरो सर्जन डा.जोशन न्यौपानेले न्यूरो सर्जरी सेवा दिईरहनुभएको छ ।

सेवाहरु थप्दै जाने क्रममा भेरी अस्पतालले केहि महिना अघिमात्र यूरो सर्जरी सेवा पनि बिस्तार गरेको थियो ।

  • ९ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech