ललितपुर ३ बाट तोसिमा कार्की विजयी

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०७९, बिहीबार

नेपालगन्जः राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ ।

नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी हुनुभएको हो ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाउनुभयो ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाउनुभयो । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाउनुभयो ।

यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जित्नुभयो ।

  • ८ मंसिर २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech