पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको हार निश्चित

    • स्वास्थ्य पेज

  • ७ मंसिर २०७९, बुधबार

नेपालगन्जः सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्र कान्त (सिके) राउतको जित सुनिश्चित भएको छ।

५० हजार ५४४ मत गणना हुँदा राउतले प्रतिस्पर्धी उम्मेदवारसँग १३ हजार ४४ मतको अग्रता बनाउनुभएको छ ।

राउतले २७ हजार ४७७ मत प्राप्त गर्नुभएको छ । उहाँनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको १३ हजार ६८४ मत छ। यादव पूर्व स्वास्थ्यमन्त्री हुनुहुन्छ। राउतसँग १३ हजार ४४ मत पछाडि परेका यादवको हार निश्चित भएको हो।

अब १३ हजार ८५० मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

 

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech