के हो टन्सिल, कसरी बच्ने ? ( भिडियो सहित )

    • स्वास्थ्य पेज

  • ४ मंसिर २०७९, आईतवार

मौसम परिवर्तनसँगै हिजोआज धेरैमा, घाँटी दुख्ने, घाँटी खस्खसाउने, खानेकुरा निल्न अप्ठ्यारो हुने, घाँटीभित्र रातो हुने जस्ता समस्या देखिने गर्दछ। अझै यस सिजनमा धेरै जना टन्सिलको समस्याले धेरै जनालाई सताउने गर्दछ।

हाम्रो मुखको पछिल्लो भागमा रहेको एक जोडी अण्डाकार मासुको डल्लोजस्तो अंगलाई टन्सिल भनिन्छ। टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो। यो मुखको भित्री भाग तथा जिब्रोको अन्तिम भागतिर नाकको बीचमा रहेको हाडमा हुन्छ। यसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। जसले श्वास प्रश्वास वा खानाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्ने किटाणुलाई रोक्ने काम गर्दछ।

यही टन्सिलमा चिसो, धुलो, धुवाँ र मौसमी ब्याक्टेरियाको संक्रमणका कारण समस्या देखियो भने हामीले यसलाई टन्सिल भयो भन्ने गर्छौं तर, यसलाई मेडिकल भाषामा टन्सिलाइटिस भन्ने गरिन्छ। मानिसको मुखभित्र घाँटी नजिक दुवैतिर हुने टन्सिल नामक ग्रन्थीको संक्रमण नै टन्सिलाइटिज हो। टन्सिलाइटिज भाइरस या ब्याक्टेरियाको कारणले हुने गर्छ। प्रायजसोलाई टन्सिलाइटिज आफैं हप्ता दिनमा निको हुने भए तापनि केहीलाई भने एन्टिबायोटिक्सकै जरुरत पर्छ।

टन्सिलका लक्षण

-सय डिग्रीभन्दा बढीको ज्वरो आउने
-घाँटी दुखेर खाना खान र पानी निल्न गाह्रो हुने
-श्वास गन्हाउने
-घाँटीमा गिर्खाहरु ठूलो हुने
-मुखभित्र हेर्दा पछिल्तिर दुवै भागमा टन्सिलको आकार ठूलो हुने

टन्सिलाइटिजलाई हेलचेक्र्याईं नगरी समयमै जाँच गरेर उपचार गर्नु जरुरी छ। यसको उपचारका निम्ति औषधि र शल्यक्रिया दुवैको आवश्यकता पर्नसक्छ।

थप जानकारी सहित इएनटी सर्जन डा.कपिल शाही

  • ४ मंसिर २०७९, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech