सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०७९, सोमबार

नेपालगन्ज: नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा कम पुगेको छ । पछिल्लो २४ घण्टामा ९ जना सङ्क्रमित थपिनुका साथै २३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय ९९ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४२५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८ तथा एन्टीजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा थप ८० हजार ४८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • २८ कार्तिक २०७९, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech